गिट्टी कुटेर चलेको मुगुका महिलाको जीवन

मुगु : छायाँनाथ रारा नगरपालिका –५ की ५० वर्षीय सन्चौरा विक उमेरले ५० टेकिन्। उनी एका बिहानै गिट्टी कुट्न घर बाट निस्किन्छिन र बेलुका अबेर मात्र घर पुग्छिन्। दिनभर उनको दैनिकी गिट्टी कुट्दै बित्छ।

सन्चौर मात्रै हैन् मुगुका अधिकांश बेरोजगार महिला रोजीरोटिका लागि गिट्टी कुट्दै आएका छन्। तर उनीहरुले भनेजस्तो पारिश्रमिक पाएका छैनन्। ‘विकास निमार्णको काममा महिलाहरुलाई भने अनुसार पारिश्रमिक दिदैनन्। दिनभरी मरी मरी गिट्टी फोड्नु पर्छ। एक कट्टाको ७० रुपैया मात्र पाइन्छ।’ सोही वडाकी काली विकले भनिन्।

छायाँनाथ रारा नगरपालीका– ५ मा रहेको नेरा राष्टिय आधारभूत विद्यालय कार्कीवाडा विद्यालय भवन निमार्णको लागि गिट्टी फोड्दै गरेका महिलाहरु सबैको गुनासो एउटै थियो। दिनमा तीन कट्टा मात्रै फोड्न सकिन्छ तर ३० केजी सम्मको एक कट्टा गिट्टीको ७० रुपैया मात्र पाइन्छ।

न्यून आए भएका उनीहरुको अन्य विकल्प नै नभएको बताउछन्। उनीहरु भन्छन्, ‘बेरोजगार छौ, हिउँदको समयमा खेतीपातीको काम पनि हुदैन रोजीरोटिका लागि काम गरौ भनेको परिश्रम अनुसारको फल नै पाइदैन।’ मानव विकास सुचाङ्गकको पुच्छारमा रहेको मुगका अधिकांश मानिस वेरोजगार छन्। पर्यटन, जलश्रोत र जडिबुटीको धनी जिल्भला भए पनि यसको सहि सदुपयोगमा छैन्। थाहा खबर 




सम्बन्धित समाचार


error: Content is protected !!