टेलिफोनले लुट्यो,हिमपातको खुशी

कालीबहादुर नेपाली
जाजरकोट । जिल्लाका चारवटा स्थानीय तह यतिबेला सञ्चारविहीन बनेका छन् । गत हप्ता जाजरकोटका उच्च भुभागमा हिमपात परे संगै ति स्थानीय तह संञ्चारविहीन बनेका हुन् । जिल्लामा रहेका टेलिफोनका टावर उच्च लेखमा राखिएकोले हिमपात परे संगै त्यहाँ निकै समस्या परेको छ ।
बारेकोट गाउँपालिका,जुनीचाँदे ,कशे र नलगाड नगरपालिका सञ्चारविहीन बनेका छन् । जाजरकोटका किसानहरुको खेतबारीमा सिचाईको व्यवस्था नहुँदा हिमपात संग बर्षा आएपछि खुशी भएका स्थानीय यतिवेला निराश देखिन्छन् । समान्य कामका लागि पनि फोन सेवा गतिलो नहुँदा कार्यालयको कामदेखि सेवा पाउन समेत नागरिकलाई सास्ती भएको छ ।
बारेकोट गाउँपालिका २ का मानबहादुर विकले भनेर्, हिमपात भएसंगै हामी सञ्चारविहीन बनेका छौँ ।’र्, विरामी पर्दा डाक्टरलाई बोलाउन समेत अस्पताल पुग्न समस्या हुन्छ ।’ गाउँपालिका भित्र कहिले टेलिफोन सेवा सुचारु हुन्छ, जानकारी दिने निकाय पनि छैन । यसले यहाँ बस्ने ठाउँ रमाईलो भएपनि बाध्यताले बस्नु परेको गुनासो गरे । यस्तै जिल्लाको नलगाड नगरपालिको पनि पिडा उस्तै छ । यहाँ पनि हिमपात पछि दल्ली आसपास वाहेक अन्य ठाउँमा टेलिफोन सेवाले काम नगर्दा एक ठाउँको खबर बुझ्नलाई ठाउँमा पुग्नुपर्ने बाध्यता थपिएको छ । नलगाड नगरपालिका वडा नं ५ का मनिषा विक सदरमुकाम खलंगा बस्दै आएकी छिन ।
गाउँको खबर बुझ्ने उनको मनमा ठुलो रहर छ । तर फोन सेवाले काम नगर्दा उनको रहर रहरमा सीमित भएको छ । उनले भनिनर्् गाउँमा फोन गर्न त्येताको नेटवर्कले काम नै गर्दैन त्यसैले गाउँको खबर बुझ्नलाई पुग्नै पर्ने भएको छ ।’ यस्तै जुनीचाँदे गाउँपालिका पनि सञ्चार सेवा बाट बञ्चित हुने कुरै भएन उक्त गाउँपालिकाका नागरिक पनि गतिलो फोन सेवा नहुँदा निकै समस्यामा छन् । फोन गर्नका लागि घामको प्रकाश कुर्नपर्ने बाध्यता भएको ठाउँमा यहाँका स्थानीयहरु हिमपात भएपछि सम्पर्क हुन छाडेको स्थानीय बलबहादुर खड्काले बताए ।
छेडागाड नगरपालिकाका अधिकांश भुभागमा टेलिफोन सेवा अवरुद्ध भएको वडा नं १ का वडाअध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिए । चार वटा स्थानीय तहमा नयाँ बन्ने टावर निर्माणका लागि स्थानीय सरकारहरुले समेत केही गरेका छैनन् । जुनीचाँदे गाउँपालिकाको नयाँ बनेको टावर सुचारु नहुने समेत स्थानीय सञ्चारविहीन बनेका छन् ।
अन्य स्थानीय तहमा टावर निर्माणको लागि कुनै तयारी भएको छैन । जनप्रतिनीहरु संग निर्माण कम्पनीका ठेकेदारहरु समेत सम्पर्कमा नआएको गुनासो छ । पुराना टावर काम नगर्दा टेलिफोन सेवा बाट बञ्चित भएको जनप्रतिनीधिहरुले बताएका छन् । टावर निर्माण गर्न सबैले ताकेता गर्दा नागरिकको समस्या समाधान हुनेथ्योकी ?
जनप्रतिनिधी इन्टरनेटमा मात्र भुल्छन् ः स्थानीय
टेलिफोन सम्पर्कले काम गर्न छाडेको दुई हप्ता वित्न लाग्दा समेत सम्बन्धीत निकायका जनप्रतिनिधीहरुले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । स्थानीयहरुले भने, कुनै पार्टीको कार्यक्रम भएको भए जसरी पनि काम सुचारु गथ्र्थेहोला ।
जनताको समस्या समाधानमा किन लाग्थे होला ? गाउँमा वर्ड लिंकको वाईफाई सुविधा पुगेकै छ । आफुलाई अरुलाई जेहोस मतलव किन हुन्छ होला भन्दै स्थानीय नागरिक गुनासो गर्दै बसेका छन् ।










