४० सुत्केरी अामालाई उपाध्यक्ष कोशेली वितरण

इन्द्र बुढाथोकी
सल्यान २७ पौष । सुर्खेतको सिम्ता गाउँपालिकामा उपाध्यक्ष कोशेली कार्यक्रम लागू भएको छ ।
जनतासँग सिम्ता गाउँपालिका अन्तर्गत २०७६ साल साउन देखि सुत्केरी भएका सुत्केरी आमाहरूलाई वडा न ४ को स्वास्थ्य चौकी बजेडीचौर र वडा न ३ अाग्रिगाउमा प्रसुति भएका ४० जना सुत्केरी अामा र बच्चालाई उपाध्यक्ष कोशेली वितरण गरिएको छ।
अामा र नवजात शिशुको स्वास्थ्य र पाेषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपाध्यक्ष चन्द्रकला शाहिले बताउनुभयाे । कोशेली कार्यक्रममा उपाध्यक्ष शाही वडा अध्यक्ष नहकुल बुढा र भिम बहादुर रावत लगाएको उपस्तिथि रहेको थियो । केही समय अगाडि राकम स्वास्थ्य चौकी बाट ८० जनालाई कोशेली वितरण गरिएको थियो ।








