किम जोङलाई ट्रम्पले पठाए बर्थडे म्यासेज

वासिङ्टन ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उनको जन्मदिनको शुभकामना सन्देश पठाएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ्ग एउ योङले शुक्रबार यसबारे जानकारी दिएका हुन् । चुङ, जसले यही साता वासिङटनमा ट्रम्पसँग भेट गरेका थिए । स्थानीय मिडियाका अनुसार ट्रम्पले दक्षिण कोरियाली नेता मार्फत उत्तर कोरियाली नेतालाई शुभकामना सन्देश पठाएका हुन् ।

बिहीबार नेता किमको जन्मदिनको अवसरमा ट्रम्पले सन्देश पठाएका हुन् । ुहामीले भेटेको दिन किम जोङ उनको जन्मदिन थियो । र राष्ट्रपति ट्रम्पले यो अवसर सम्झिए र मलाई सन्देश पठाइदिन आग्रह गरे,ु चुङले दक्षिण कोरिया फर्कने क्रममा बताए ।

किमको जन्दमिन जनवरी ८ मा मानिँदैआएको छ । यद्यपि उनको शासनबाट यसको आधिकारिक घोषणा भएको छैन । अमेरिकी सरकारले भने किमको जन्मदिन १९८४ को जनवरी ठान्दै ३६औं जन्मदिनको शुभकामना सन्देश पठाएको हो ।

चुङले भने शुभकामना सन्देश लिखित थियो कि थिएन भनेर खुलाएनन् । बुधबार चुङले उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफेन बिगमसँग पनि भेटवार्ता गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!