कर्णालीमा जिप खस्यो, ४ जनाको शव भेटियो

बाजुरा ः हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट कर्णाली नदिमा खसेको जिपमा ४ जनाको शव भेटिएको छ । घटनास्थलमा पुगेका स्थानीय तोपबहादुर शाहीले सो जानकारी दिएका हुन् । चारजना भने घाइते अवस्थामा फेला परेको उनले बताए ।

‘गाडी नै कर्णाली नदीमा डुबेकाले उद्धार भइरहेको छ, गाडी नम्बर थाहा हुनसकेको छैन,’ उनले भने । जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ आउँदै गरेको बुझिएको छ ।

प्रहरीका अनुसार जिपमा कति यात्रु थिए भन्ने जानकारी प्राप्त भइसकेको छैन । भेटिएको शवको सनाखत भएको छैन । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।

५ सयमिटर माथिबाट जिप नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धवसिं भाटले भने खबर पाउने बित्तिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!