सदरमुकाममा भेटिएकाे बम सेनाले पार्याे निष्किय

जाजरकाेट   । जिल्ला सदरमुकाम खलंगामा राखिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । जाजरकोट खलंगाको मुटु ठाँटी बजार देखि जिल्ला मालपोत कार्यालय जानेबाटोको बिचमा मालिका कानुनी परामर्श केन्द्र नजिक राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो ।

बुधबार राति १०ः३० बजे फेला परेको बमलाई नेपाली सेनाले बिहिबार बिहाना मात्रै निस्क्रिय बनाएको जिल्ला प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए । डिटोनेटर फिट गरिएको ईम्प्रोभाईज बम (मान्छेले बनाएको बम) भएको प्रमुख खत्रीले बताए ।

नेपाली सेनाका क्याप्टेन जयराम घिसिङको नेतृत्वमा आएको बम डिस्पोजल टोलीले आज विहानमात्रै सो बमलाई निस्क्रिय बनाएको हो ।

बम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरी प्रमुख खत्रीले बताए । नेपाल भ्रमण बर्ष २०२० शुरु भएकै दिन जाजरकोट सदरमुकामको मुटुमा बम भेटिन सुरक्षा चुनौति देखिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सँग कुरा गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र सबै नेपाली दाजुभाई तथा दिदीबहीनीहरु मिलेर नै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु पर्ने उनको भनाई छ ।

बम तर्साउनलाई चन्द समुहको नेकपाले राखेको प्रजिअ पन्तले बताए । जाजरकोटमा आउदे पर्यटकलाई कुनै पनि असुरक्षित महसुस हुन दिदैनौ । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र आवश्यकपरे नेपाली सेनालाई समेत परिचालन गर्ने गरि भ्रमण बर्षमा सुरक्षा व्यवस्था मिलाईएको प्रजिअ पन्तले बताए । जिल्ला देखि गाउँस्तर सम्मा सुरक्षा व्यवस्था कडा परिएको समेत उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!