जाजरकोट सदरमुकाममा मेला सुरु

जाजरकोट , जाजरकोट जिल्लाको सवैभन्दा ठुलो मेला रमाइलो मेला शनिवार देखि खलंगाको थाप्लेचौरमा सुरु भएको छ । प्रत्यक वर्ष पुस १३ देखि १५ गते सम्म लाग्ने गरेको मेला यस वर्ष ५ दिन लाग्ने भएको छ ।

स्थानीय चेम्वर अफ कमर्स जाजरकोटको मुख्य आयोजना, नेपाल पर्यटन वोर्ड काठमाडौंको प्रवद्र्धन सहयोग र जिल्लाका सातै स्थानीय तहहरुको आर्थिक सहयोगमा रमाइलो मेला सुरु भएको हो ।
मेलालाइ शनिवार कर्णाली प्रदेस सभाकी सदस्य कृष्ण शाहले विशेष कार्यक्रमका बीच उद्घाटन गनुभयो । थाप्लेचौरमा आयोजित विशेष कार्यक्रमका बीच प्रदेस सभा सदस्य शाहले मेला उद्घाटन गर्दै रमाइलो मेलालाइ आम जाजरकोटीको सम्पदा र सामाजिक पहिचानको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । उहाँले जिल्लाको कला सस्कृति र सामाजिक परम्पराको प्रमुख माध्यमको रुपमा रहेको रमाइलो मेलालाइ आम जिल्लावासी र सरोकारवालाहरुले जवाफदेहिता लिएर भव्य र सभ्य रुपमा मनाउनु पर्ने पनि बताउनुभयो ।
रमाइलो मेला सवैको साझा सम्पदा र सरोकारको विषय भएको हुनाले यसलाइ सवै मिलेर जोगाउने प्रवद्र्धन गर्ने र प्रचार प्रसार गर्नु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्ती, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र वन मन्त्री शक्तिवहादुर वस्नेतका प्रमुख स्वकिय सचिव यज्ञवहादुर खत्रीले रमाइलो मेलाको महत्व र गौरवलाइ जोगाएर सधैं निरन्तर दिने तर्फ सवैले सोच्नु पर्ने बताउनुभयो ।

मेला शनिवार देखि पुस १६ गते सम्म सञ्चालन हुनेछ । यस पटकको मेला थाप्लेचौरकै चाँपीपिपलको गहिरो छेउमा खुल्ला मैदान निर्माण गरेर सञ्चालन गरिएको छ । भेरी नगरपालिकाले विद्यालय हाताभित्र कुनै मेला सभा, जुलुस र कार्यक्रम गर्न नपाउने निर्णय गरेपछि मेला विद्यालयको प्राङगण वाहिर लागेको हो




सम्बन्धित समाचार


error: Content is protected !!