ट्रयाक्टर दुर्घटना छ जना घाईते,उपचारका लागि नेपालगञ्ज

टेकराज पुन (रुकुम पश्चिम) । रुकुम पश्चिमा आठबिसकोट नगरपालिका गोइरीको शिलागाउँमा आज विहान ११ ः १५ बजे तिर ट्रयाक्टर दुर्घटना भएको छ ।
ट्रयाक्टर दुरर्घटनामा ६ घाइते भएका छन घाइते मध्य ४ जनाको अबस्था गम्भिर भएको भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इचार्ज, प्रहरी निरिक्षक अच्युतराज आचार्यले वताउनुभयो ।
आठविसको नगरपालिका वडा नँ ११ गोइरी दखि राडी आउदै गरेको लु ४ त ६ ÷ ३१ नम्बरको टयाक्टर विहान दुर्घटना भएको हो । टया्क्टर अन्दाजी ढेड सय मिरट तल खसेको प्रहरीले वताएको छ ।
घाइते हुनेहरुमा आठविसकोट नगरपालिका वडा नँ ८ का ट्याक्टर चालक २२ बर्षिया हरी बहादुर चदारा, वडा नँ १३ का बर्ष २५ कि पुष्पा थापा, ५८ बर्षिया धनसरी थापा,। २८ बर्षीया, सर्केनी बुढाथोकी ,४५ बर्षीया देउमी विक ,वडानँ ११ का गणेश विक रहनुभएको छ ।
गम्भीर घाइते हुनेहरु ट्रयाकटर चालक हरि बहादुर चँदारा, , पुष्पा थापा, सर्केनी बुढाथोकी , देउमी विकलाई नगर अस्पतालमा सामान्य उपचार गरी , उनीहरुको यहाँ उपचार सम्भव नभएछी बाँकेको कोहलपुर मेडिल केलेजमा रेफर गरिएको नगर अस्पतालका हेल्थ असिस्टेन पुर्ण केसीले जानकारी दिनुभयो ।
घाइते २ जना वडा नम्वर ११ गोइरीका गणेश विक र १३ कि धनसरी थापाको नगरअस्पताल आठविसकोटमा उपचारभैरहेको छ ।










