हिमपातका कारण सडक निर्माण कार्य रोकियो


नन्दा शाही

जाजरकोट ः डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाले चाईनाको नाँकाबाट प्रशासकीय केन्द्र साल्ताङका लागि सडक निर्माण कार्य सुरु गरेको छ ।
भारी हिमपातका कारण २८ किलोमिटर सडक मध्ये ७ किलोमिटर सडक खनिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , “ हिमपातका कारण अहिले सडक निर्माण कार्य रोकिएको छ , चैत्रबाट पुर्ण सडक निर्माणको काम सुरु हुन्छ ,। ” सडक निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरी काम सुरु गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले आफ्नै डोजरबाट सडक निर्माण कार्य थालेको हो । चाईनाबाट नजिक पर्ने भएकाले गाउँपालिकाको प्रशासकीय केन्द्रमा सडक छिटो पुग्ने छ । गाउँपालिकामा कर्णाली प्रदेशबाट सडक निर्माणका लागि रु ३ करोड रकम बिनियोजन गरिएको कर्णाली प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।





error: Content is protected !!