दुई स्थानीय तहमा एक घर एक व्यवसाय सञ्चालन


हेमन्त केसी

काठमाडौँ ः एक घर,एक रोजगार कार्यक्रम लागु भएपछि डोल्पाका दुई स्थानीय तहका स्तानीयवासी खुसी भएका छन् ।
जिल्लाको शे फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा एक रोजगार एक व्यवसाय कार्यक्रमले स्थानीयवासी खुसी भएका हुँन् ।

५० प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागु गरिएको शे फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थानीयवासीले आफुले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले वैँकमा खाता खोलेर व्यवसाय गर्ने व्यक्तिको खातामा आधार रकम जम्म गरिदिएको गाउँपालिका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो ।

८०५ घरधुरीलाई एक घर एक रोजगारी उपलव्ध गराएको उहाँले बताउनुभयो । व्यापार, सिपमुलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयले सञ्चालन गरेको उहाँको भनाई छ । सो कार्यक्रमका लागि डेढ करोड बजेट बिनियोजन गरी काम सुरु भएको छ ।


त्यस्तै जगदुल्ला गाँउपालिकाले एक घर एक व्यवसायको थालनी गरिएको छ । आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन एक घर एक व्यवसाय कार्यक्रम लागु गरिएको हो।
पहिलो चरणमा जगदुल्ला गाउँपालिका –४ चौरीकोट छाँचुका ३५ घरधुरीलाइ चौरी वितरण गरिएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिंह रोकायले बताउनुभयो ।

गाँउपालिकाका १९० घरधुरीले पशुपालन,३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरि कुल रु ५ करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरि स्थानीयवासीलाई रोजगारी उपलव्ध गराएको रोकायले बताउनुभयो ।
पहिलो चरणमा वडा नम्बर– ४ का प्रत्येक घरधुरीलाई २ वटा चौरीगाई र बाख्रा पालन गर्नेलाइ १२ वटा स्थानीय सरकारले नै अनुदान स्वरुप प्रदान गरेको हो।

२ चौरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्न पर्ने छ भने बाख्रा पालनको लागि १२ वटा अनुदानमा र ८ कृषकले अनिवार्य किन्ने नियम बनाएर स्थानीयवासीले अनुदान रकम पाई एक घर , एक व्यवसाय कार्यक्रम सञ्चालन गरिएको हो ।
आर्थिक बर्ष ०७५÷०७६को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सरकारले पहिलो पटक कृषकको चाहना अनुसार नै अनुदान दिएकोले सरकारको अनुदान कुनैपनि हालतमा खेर नजाने स्थानीय भिमबहादुर बस्नेतले बताउनुभयो ।


उहाँ भन्नुहुन्छ , “ यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो, हामीले सो गाउँपालिकाको सपना जसरी नि परिणाम ल्याउने गरी काम गछौँ । ” दुर्गम गाउँमा अर्थ अभावकै कारण रोजगारी नपाएका तथा वेरोजगार बसेका यूवा तथा स्थानीयलाई सहयोग पुगेको छ । अहिले गाउँपालिकाको रकमबाट स्थानीयवासीहरु व्यवसाय गरेर आम्दानीको बाटो कुरेर बसेको स्थानीयबासी कर्णबहादुर रोकायले बताउनुभयो ।
हिमपातका कारण सडक निर्माण कार्य रोकियो

शे फोक्सुण्डो गाउँपालिकाले चाईनाको नाँकाबाट प्रशासकीय केन्द्र साल्ताङका लागि सडक निर्माण कार्य सुरु गरेको छ ।
भारी हिमपातका कारण २८ किलोमिटर सडक मध्ये ७ किलोमिटर सडक खनिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , “ हिमपातका कारण अहिले सडक निर्माण कार्य रोकिएको छ , चैत्रबाट पुर्ण सडक निर्माणको काम सुरु हुन्छ ,। ” सडक निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरी काम सुरु गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले आफ्नै डोजरबाट सडक निर्माण कार्य थालेको हो । चाईनाबाट नजिक पर्ने भएकाले गाउँपालिकाको प्रशासकीय केन्द्रमा सडक छिटो पुग्ने छ । गाउँपालिकामा कर्णाली प्रदेशबाट सडक निर्माणका लागि रु ३ करोड रकम बिनियोजन गरिएको कर्णाली प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!