युनियन लाइफको पहिलो एम डि आर सल्लीबजारको निशा पाण्डे सम्मानित

इन्द्र बुढाथोकी सल्यान, ८ पौष : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पहिलो एम डि आर हुन सफल सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजारका निशा पाण्डे एक कार्यक्रमका बिच केक काटेर सम्मान गरिएको छ ।
पाण्डेलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका मार्केटिङ हेड (सिनियर डिजिएम) कोषराज सुबेदीले र कर्णाली प्रदेश प्रमुख नारायण पङ्गगेणीले खादा ओढाएर सम्मान गरेका थिए ।
सल्लीबजारमा किरण अटो पार्ट्स व्यापार गर्दै आएका पाण्डे २०७४ साल देखि ऎजेन्सी म्यानेजर हुँदै २०७५ पौष १६ गते देखि २०७६ पौष १५ गते भित्र ४४ लाख १६ हजार प्रथम बिमा शुल्क बुझाउनयी
एम डि आर पर्न सफल भइ दुबैमा हुने Global Conference र अमेरिका मा हुने Annual Meeting मा दुबै र अमेरिकी देश जानू हुने भएको छ ।
छोटो समयमा यति सानो क्षेत्र बाट पनि जीवन बिमामा कम्पनीलाई उल्लेख्य बिमा दिन सफल पाण्डे एक उदाहरणको रुपमा रहेको कम्पनीका मार्केटिङ हेड कोषराज सुबेदीले बताए ।
सम्मान कार्यक्रममा बोल्दै पाण्डेले जीवन बिमा जीवन रहदा आफुलाई र जीवन पछि परिवारको लागि काम लाग्ने भएकाले यो क्षेत्रमा लागेको बताए साथै आफ्नो अथक मेहनतले फल प्राप्त भएकोमा खुसी समेत ब्यक्त गरेका थिए ।
सम्मान कार्यक्रम युनियन लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशको सल्लीबजार शाखाको आयोजनामा कार्यक्रम भएको थियो ।










