चार दिन पछी नगरपालिकाको कार्यालय खुल्यो

टेकराज पुन, रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका बन्द भएको ४ दिन पछी सोमबार खुुल्ने भएको छ गएको पौष २ गते नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी र सुचना प्रविधी अधिकृत गणेश चन्दमाथी भएको साँघतिक हमलाको विरोध गर्दै नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ती निकालेर नगरपालिका अनिश्चितकालिन बन्दको घोषणा गरेका थिए ।
आठविसकोट नगरपालिकाका कर्मचारी र जनप्रतीनीधी विच भएको छलफलमा कर्मचारीहरुले माग गरेका विभित मागहरु कार्यपालिका बैठकमा लैजाने सहमति
जनप्रतिनिधीहरुले गरेपछी सोमबार बाट कार्यालय खुल्ने सहमती भएको छ ।
घटनामा सँलग्न दोषी माथि हदैसम्मको कडा कारवाही गर्न सवैले आआफ्नो ठाँउ बाट पहल गर्ने प्रतिवद्धता जनाइएको छ । आगामी दिनमा यस्ता घटना दोहरीने छैन्न भन्ने जनप्रतिनिधीले बिज्ञप्ती निकालेर सार्वजनीक गर्नु पर्ने निर्णय पनी गरिएको छ ।
आन्दोलनरत कर्मचारीहरुले आन्दोलन स्थगीत गरी नियमीत रुपमा कामकाज गर्नु पर्ने सहमति भएको छ ।
नगरपालिकाको नियमीत कार्यलाई ब्यबस्थीत गर्न कर्मचारीको तर्फबाट मागीएका आठ बुदे मागहरु अव वस्ने नगरकार्य पालिकाको बैठकमा बुदागत रुपमा छलफलमा लैजाने र पारित गर्न पहल गर्ने जनप्रतिनिधीहरुले प्रतिवद्धता गरेका छन ।
आठविसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीको अध्यक्षतामा बैठक बसी जनप्रतिनिधी र कर्मचारी विच सहमती तथा प्रतिबद्धताको छलफल भएको हो ।
गीता नेपालीको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतीनिधको तर्फवाट नेकपाका नगरप्रवक्ता तथा वडा नँ १० का वडा अध्यक्ष गंगाराम चँदारा , वडा नँ ६ का अध्यक्ष डिल बहादु सार्की , वडा नँ ८ का अध्यक्ष मन बहादुर चँदारा ,वडा नँ १ का अध्यक्ष देव बहादुर घर्ति , २ नम्वर वडा अध्यक्ष देव बहादुर यरी ,वडा १२ का अध्यक्ष खम्वे कुसारी,वडा नँ ११ का अध्यक्ष हस्ते आग्री लगाएत नगर कार्यपालिकाका सदस्यहरु जिल्ला समन्वय समितीका सदस्य विष्णु सुनार लागएको सहभागीता रहेको थियो ।
साथै कर्मचारीहरु लेखा अधिकृत धुर्व प्रशाद लम्साल, शिक्षा युवा तथा खेलकुद शाखा सँयोजक , थलविर ओली , नगर अस्पतालका सँयोजक मनिराज शाह,लगाएत कर्मचारी र जनप्रतिधि गरी विशेष छलफलमा ३३ जनाको सहभागीता रहेको थियो ।
आज देखी नगरपालिका द्धारा हुने सम्पुर्ण कामहरु हुने भएका छन भने सेवाग्रीहरु खुशी भएका छन ।
रुकुम पश्चिमको आठविसकोट नगरपालीकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केसी र सुचना प्रविधी अधिकृत चन्दमा माथी भएको घटनाको नेकपाले बनाएको छानबिन समितिले छलफल पनी गरेको छ ।
पार्टी प्रदेश कमिटी सदस्य महेन्द्र केसीको नेतृत्वमा रहेको ३ सदस्यीय छानबिन समितिले हिजो आठबिसकोट पुगि यहाँका स्थानियसँग छलफल गरेको हो ।
गत बुधबार ३ नम्बर वडाका गोपाल विक र हरिष विकले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसी र सूचना प्रविधि अधिकृत चन्द माथि आक्रमण गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!