पतिपत्नीबीच दिनदिनै ३–३ पटक शारीरिक सम्पर्कको शर्त, कस्तो देखियो असर

वैवाहिक जीवनमा धेरै पटक शारीरिक सम्पर्क राख्दा के हुन्छ ? यो जिज्ञासा सबैलाई हुनसक्छ । भारतको गोवामा एक विवाहित जोडीले यो जिज्ञासा मेटाउन प्रयोगात्मक अभ्यास गरेका छन् ।

घरबाट टाढा पर्यटकीय शहर गोवा गएर पतिपत्नीले दिनदिनै ३ पटक शारीरिक सम्पर्क राख्ने शर्तको अभ्यास गरेका छन् । गोवाको रिसोर्टमा कोठा भाडामा लिएर त्यो जोडीले दैनिक ३ पटक शारीरिक सम्पर्कको अभ्यास लिएको हो ।

भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सका अनुसार ती पतिपत्नीले पहिलो दिन बिहान ५ बजे पहिलो शरीरिक सम्पर्क राखे । त्यसको २ घण्टापछि दोस्रोपल्ट सम्पर्क भयो ।

पहिलो दिन दिउँसो दुवै जना समुद्री तटमा रमाउन गए । त्यहाँबाट फर्केपछि राति तेस्रोपल्ट दुवैबीच शारीरिक सम्पर्क भयो ।

दोस्रो दिन पहिलो शारीरिक सम्पर्क बिहान १० बजे भयो, अघिल्लो दिनभन्दा ५ घण्टा ढिला । दिउँसो समुद्र किनार नजिकै एउटा रुम भाडामा लिएर त्यहीँ त्यो दिनको दोस्रो शारीरिक सम्पर्क भयो । साँझ रिसोर्टमा फर्केपछि दिनभरको थकानका कारण पत्नीलाई शारीरिक सम्पर्कमा रुचि थिएन तर शर्त अनुसार राति पतिपत्नीबीच तेस्रो शरीरिक सम्पर्क भयो ।

तेस्रो दिन पतिपत्नीबीच बिहानै शारीरिक सम्पर्क भयो । त्यसपछि दुवै जना घुम्न बाहिर निस्किए । साँझ रिसोर्टमा फर्किंदा दुवैले सम्झिए कि आज एकपल्ट मात्रै सम्पर्क भएको छ । त्यो दिन दोस्रो सम्पर्क राख्न दुवैले धेरै प्रयास गर्नुपर्‍यो ।

चौथो दिन बिहान पत्नीका आँखा खुल्दा उनलाई अनौठो अनुभूति भयो । महिलाको शरीर टुटेको, काँडेदार विस्तरमा सुतेको जस्तो अनुभूति भएको पाइयो । यस्तो बेला शारीरिक सम्पर्क राख्ने कल्पना पनि गर्न सकिने अवस्था थिएन । अर्कोतिर ती महिलाका पति ‘खर्राटे’ मार्दै सुतिरहेका थिए ।

एक हप्तासम्म नियमित दैनिक ३ पटक शारीरिक सम्पर्क राख्ने शर्त त्यही टुंगियो । यसरी धेरैपल्ट शारीरिक सम्पर्क राख्दा धेरै थकान हुने र वाक्कदिक्क लाग्ने हुनसक्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!