योजना टिपिन्छ, सुनुवाई हुदैन

कालीबहादुर नेपाली जाजरकोट । प्रत्येक आर्थीक बर्षमा गाउँगाउँका सिंहदरबारले जनताका आवश्यकता पुर्ति गर्न विकास निर्माणका योजना छनोट गर्ने गरेको छ । ति योजनालाई लिएर कार्यपालिकाको वैठकले योजनाको आकार र प्रकृति हेरेर बजेट छुट्याउदैँ आएको हुन्छ ।

तर जिल्लाका अधिकांश नागरिकहरुले योजना मात्र टिपिन्छ सुनुवाई हुदैन भन्दै गुनासो गर्दै आएका छन् । बारेकोट गाउँपालिका २ ध्यारगाउँका स्थानीय नागरिकले योजना छनोेटमा गाउँगाउँमा पुगेका पदाधिकारी संग पञ्चेबाजा संरक्षणका लागि पहल गरिदिन माग गरे । त्यतिबेला पदाधिकारीले हुन्छ ,तपाईहरुको माग जाहेज छ । तत्काल समस्या समाधान हुन्छ भनेका थिए ।
आर्थीक २०७५÷०७६ सकिएपनि अहिले सम्म उनीहरुको माग पुरा भएको छैन । उनीहरुको पञ्चेबाजा संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको छ ।

बाजा समुहका अगुवा हरिबहादुर परियारका अनुसार हामी प्रत्येक नेता आएको वेला बाजागाजाका साथ समान गर्न जान्छौँ , त्यतिवेला सबैको मुखमा आहा हुन्छ । नेता ज्युँले पनि भन्नुहून्छ बाजा संरक्षणमा जुट्ने हाम्रो प्रतिबद्धता छ । जव त्यहाँ बाट बाहिर गइन्छ । त्यसपछि सबै कुरा हराउँछ उनले दुखेसो गरे । त्यस्तै कुशेगाउँपालिका ५ घरगांका स्थानीय नागरिकले खानेपानीको माग गर्दै योजना माग गरे । तर उनीहरुको माग आर्थीक बर्ष सकिए पनि हुन्छ । स्थानीय सरकारले हुन्छ मात्र भनेको छ । तर त्यहाँका नागरिकको समस्या भने दोहोरिरहेको छ ।

स्थानीय मोतीराम विकले भने । जिल्लाको भेरीनगरपालिकाले योजना छनोट गर्दा रिम्ना कालेगाउँ सडक खण्ड कालोपत्र गर्ने योजना छनोट गरेको थियो । तर त्यो अहिले सम्म कालोपत्रे नहुँदा समस्या झेल्दै आएका छन् । हिउँदमा हिलो र बर्खामा धुलोले सताउने गरेको सवारी चालकहरुले बताउने गरेका छन् । जुनीचाँदे गाउँपालिकाको स्थानीय सरकारले पनि स्थानीय नागरिक संग रोजगारी सिर्जना गरिदिन माग गरे ।

स्थानीय सरकारका कर्मचारीले हुन्छ तपाईहरुको् माग सम्बोधन भने । तर आर्थीक बर्षको पाँँच महिना वित्दा समेत उनीहरुको माग सम्बोधन भने हुन सकिरहेको छैन । यि जिल्लामा भएका केही प्रतिनिधीमुलक घटनाहरु मात्र हुन । यस्तै जिल्लामा योजनामा छनोट गरेका कामहरु सुनुवाई हुदैन पटकपटक कार्यलय सम्म धाईरहँदा मात्र सम्बोधन हुन्छ , बारेकोट गाउँपालिका २ का भीमबहादुर विकले भने ।

गाउँगाउँमा धेरै योजना स्थानीय सरकारले छनोट गर्छ तर यी योजनाहरु कापीमा रजिष्टरमा मात्र सीमित हुने गरेको बारेकोटको जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले बताए ।

जिल्लाका सबै स्थानीय तहमा यसको प्रभाव परेको सरोकारवालाहरुको भनाई छ । यस्तो नभई गाउँगाउँमा बनेका स्थानीय सरकारले जनताको आवश्यकता र जनतामुखी काम गर्न आवश्यक छ ।




सम्बन्धित समाचार


error: Content is protected !!