थाकथलो छोड्दा बालबालिकाको पढाई प्रभावित

लेख बुढा

डोल्पाः  चिसोका कारण थाकथलो छोडेर अस्थायी वसोबासका लागि वेशी झरेपछि बालबालिकाको पढाईमा प्रभाव परेको छ ।

जिल्लाको मुड्केचुला गाउपालिका लगाएत उपल्लो डोल्पाका स्थानीयवासी जाडो छल्न जाजरकोट , रुकुम लगाएत देशका अन्य ठाउँमा गएपछि बालबालिकाको पढार्ए प्रभावित भएको हो । मुड्केचुला गाउपालिका –५,६,७ र ८ नम्वर वडाका स्थानीयवासीहरु  बासस्थान छाडेर पशुचौपाय समेत सँगै लिई वेशी झरेको स्थानीयवासीले बताएका छन् ।

मुड्केचुला– ५ शुरका स्थानीय यतिबेला खादुखोला जाने गरेका छन् भने वडा नं. ६ नर्कुका स्थानीयवासीहरु  नजिकै रहेको तलिनर्कु,सिल्पाटा,तग्दा,हपाल्लाखाद्दु,गुवाला बैना,धुपियाना लगायतका ठाउँहरुमा मौसमी बसाई सर्ने गर्दछन । त्यस्तै सर्मि,ओक्ट का स्थानीयवासीहरु  छिमेकी जिल्ला जाजरकोटको विभिन्न ठाउँहरुमा भेडा बाख्रा पालनपोषणको लागि जाने गर्दछन ।

तातो भएपछि फागुनमा थाकथलोमा फर्कने गरेका छन् । मौसमी बसाईसराईले गर्दा साना विद्यालय उमेरका बालबालिकामा समस्या आएको  शिक्षा यूवा तथा खेलकुद शाखा मुड्केचुलाका शाखा प्रमुख दल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

मुड्केचुला गाउपालिकामा  करिव १३ वटा सामुदायिक विद्यालयमा आधारभुत तहमा अध्ययन गर्ने करिव एक हजार भन्दा वढी विद्यार्थीहरु समस्यामा पर्ने गरेका हुँन् ।




सम्बन्धित समाचार


error: Content is protected !!