दलित बस्तीमा खरको छानो विस्थापित हुँदै

हेमन्त केसी
जाजरकोट , “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन ,” जाजरकोट बारेकोट गाउँपालिका–६ ताँसीगाउँका गोरखबहादुर नेपालीले भन्नुभयो , अहिलेसम्म खरको छानामुनि बस्दै आएका थियौं । अब खर विस्थापित गरेर जस्ता पाताले घर छाउन गाउँपालिका मार्फत सङ्घीय सरकारले सहयोग गर्ने खबरले खुसी छु ।
खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा बढी हुने भन्दै उहाँले सजिलै खर पनि नपाउँदा समस्या झैल्दै आएको बताउनुभयो।
घर जस्तापाताले छाउन पाएर खुसी हुने एक्ला भने होईन्न । गाउँपालिकाको ६ नंम्वर वडाको ताँसी ,घर्तीगाउँ र धुमाका करिव ८० घरधुरीले अहिले टिनको छाना पाउने भएपछि निकै खुसी भएका छन् । सङ्घीय सरकारले करको छानामुक्त घर बनाउने अभियान थालेपछि स्थानीयले राहत महसुस गरेका हुँन् ।
आफुसँग वजेट नभएपछि सङ्घीय सरकारलाई बारेकोट गाउँपालिकाले खरको छाना विस्थापित गर्न आग्रह गरेको थियो । सोही आधारमा सहयोग प्राप्त भएको हो गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भन्नुभयो , “खरको छानो भएका सबै घर जस्तापाताले छाउने हो । यसका लागि यसवर्ष सङ्घीय सरकारबाट सहयोग प्राप्त भएको छ । ” शाहकका अनुसार अव वोलपत्र आवह्वान गरेर छिटै छाना विस्थापित अभियान खर विस्थापित अभियान सुरु हुनेछ ।
गापाको तीन गाउँका दलित वस्तीको छाना संकलन गर्दा ८० धुरधुरी खरको छाना भएको तथ्यांक निकालेको छ । उनीहरूलाई आवश्यकता आधारमा जस्तापाता दिइने गाउँपालिका दिने छ ।
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत संघीय सरकारले पनि गाउँपालिकाका ८० घर छनोट गरेर रकम उपलव्ध गराएको हो । खरको छानोमुक्त गर्नका लागि आवश्यकता आधारमा रकम छुट्याईने छ । यस कार्यक्रमले दलित, असहाय, विपन्न समुदायलाई प्राथमिकता दिएको छ ।
सरकारी अनुदानबाट जस्ताले घर छाउने रहर पूरा हुने भएकोमा स्थानीय दंग भएको डिल्लीबहादुर विकले बताउनुभयो । यहाँ दलित समुदायलाई मात्र उपलव्ध गराउने भनिएको रहेछ , सवैलाई भएको भए राम्रो हुने अर्का स्थानीयवासी नरबहादुर चलाउनेले बताउनुभयो । यि तीन गाउँ सवै भन्दा बढी हावा चल्ने गर्दछ । स्थानीयले खरको छानो विस्थापित गराउने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लाई विशेष धन्यवाद दिएका छन् ।
–––








