विश्‍वभर आज ः बलात्कार मुद्दामा भारतीय सांसद दोषी, जिम्बावेमा उपराष्ट्रपतिपत्‍नी ज्यान मार्ने उद्दोगमा पक्राउ

कश्मीर ः जम्मु कश्मीरको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक मंगलबार बस्दैछ । चीनको आग्रहपछि सुरक्षा परिषद्को बैठक बस्न लागेको कुटनीतिहरुले जनाएका छन् । यसअघि अगस्टमा सोही विषयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

मुस्लिम बाहुल्य कश्मीर क्षेत्रमा अगस्ट ५ देखि भारत सरकारले इन्टरनेट तथा सञ्चारका सेवा अवरुद्ध पारेको छ । संविधानको धारा ३७० हटाउँदै भारत सरकारले कश्मीरको विशेष अधिकार खारेज गरेपछि यहाँका थुप्रै नेताहरु बन्दी बनाइएका छन् । साथै सेनाले कश्मीरलाई उच्च निगरानीमा राखेको छ ।

सुरक्षा परिषद्लाई डिसेम्बर १२ मा पठाइएको पत्रमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले कश्मीरमा तनाब बढ्नसक्ने सम्भावित अवस्थाबारे चासो देखाएका छन् ।

‘अवस्थाको गाम्भिर्यता र आगामी दिनमा बढ्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पाकिस्तानको प्रस्तावलाई चीन प्रतिनिधित्व गर्न चाहन्छ । र जम्मु कश्मीरको अवस्थाबारे काउन्सिलको व्याख्याको लागि आग्रह गर्छ,’ चिनियाँ यूएन मिसनले परिषद्का सदस्यहरु समक्ष आग्रह गरेको छ ।

कुटनीतिज्ञहरुका अनुसार परिषद्को बैठक यही मंगलबार बस्ने कार्यतालिका छ । ‘खासमा यो बैठक के हो, हामीलाई थाहा छैन, बैठक नभएसम्म हामीले पर्खनुपर्नेछ,’ भारतीय पूर्वकुटनीतिज्ञ तथा रणनीतिक मामला विज्ञ केसी सिंहले भनेका छन् ।

जम्मु–कश्मीरको मुद्दाबारे पछिल्लो समय भारत र पाकिस्तानबीच सम्बन्ध थप चिसिँदै गएको छ । कश्मीरको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने भन्दै पाकिस्तानले बारम्बार अभिव्यक्ति दिँदैआएको छ ।

बलात्कार मुद्दामा भारतीय सांसद दोषी, सजाय सुनाइँदै


नयाँदिल्ली स् भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता तथा सांसद कुलदीप सिंह सेंगरलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको छ । भाजपाको तर्फबाट सेंगर विधानसभाका सांसद हुन् । २०१७ मा एक १७ वर्षीया किशोरीलाई अपहरणपछि बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो ।

प्रहरीले दोषीलाई कारवाही नगरेको भन्दै ती पीडित किशोरीले आत्मदाह गर्न खोजेपछि यो मुद्दाले महत्व पाएको हो । नयाँदिल्लीस्थित तीस हजारी अदालतले सेंगरविरुद्ध मंगलबार सजाय सुनाउने बताएको छ । सांसद सेंगरले जागिर लगाइदिने प्रलोभन देखाइ अपहरण गरी बलात्कार गरेको पीडित किशोरीको आरोप थियो ।

बोइङले रोक्यो जहाज उत्पादन, अमेरिकी अर्थतन्त्रमा कस्तो असर पर्ला

वासिङ्टन स् अमेरिकी विमान निर्माण कम्पनी ‘बोइङ’ले आफ्नो ‘७३७ म्याक्स’ मोडेलको जहाज उत्पादन रोकेको छ । उक्त मोडेलका जहाज जनवरी महिनामा उत्पादन नगर्ने भन्दै कम्पनीले सोमबार सार्वजनिक गरेको हो ।

उक्त मोडेलका जहाज धेरै दुर्घटना भएको भन्दै तत्कालका लागि उत्पादन रोक्ने कम्पनीले जनाएको हो । यसअघि ती जहाजको नियमित उत्पादन भए पनि नौ महिनायता उडान भने रोकिएको थियो ।

पाँच महिनाको अवधिमै दुई ठूला दुर्घटना भएपछि बोइङ कम्पनीले यस्तो निर्णय गरेको हो । इन्डोनेसिया र इथियोपियामा सोही विमान दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएको थियो ।

विमानमा जडान गरिएको स्वचालित नियन्त्रण प्रणालीमा समस्या आएका कारण दुर्घटना भएको बताइएको छ । सिकागोस्थित बोइङ कम्पनीले अमेरिकी अर्थतन्त्रमा ठूलो भुमिका निर्वाह गर्दैआएको छ ।

जुन अमेरिकाको सर्वाधिक ठूलो निर्यातकता निर्माण कम्पनी पनि हो । साथै सबैभन्दा धेरैलाई रोजगार दिनेमध्येको प्राइभेट कम्पनी । जहाँ १२ हजार जति कामदार छन् ।
‘बेस्ट सेलिङ’ जहाज निर्माण गर्ने यस कम्पनीका ४ सय ‘७३७ म्याक्स’ जहाज गोदाममै छन् ।

अब ती मोडेलका जहाज अस्थायी रुपमा रोक्दा अन्य साझेदारी कम्पनीको अपेक्षा तथा उनीहरुलाई पर्नसक्ने असरबारे बोइङले केही उल्लेख गरेको छैन । स्थानीय मिडियाका अनुसार उक्त जहाज निर्माण रोकिँदा अमेरिकी अर्थतन्त्रमा नै असर पर्नेछ । बिबिसीका अनुसार पछिल्ला समस्याका कारण बोइङ कम्पनीलाई नौ अर्ब अमेरिकी डलर क्षति पुगेको छ ।

जिम्बावेका उपराष्ट्रपतिकी पत्नी ज्यान मार्ने उद्योगमा पक्राउ


हरारे स् जिम्बावेका उपराष्ट्रपतिकी पत्नी आफ्नै पतिको हत्या प्रयास तथा मुद्रा अपचलन गरेको अभियोगमा पक्राउ परेकी छन् । उपराष्ट्रपति कोन्स्टान्टिनो चिवेङगाकी पत्नी म्यारी मुबैवालाई प्रहरीले पक्राउ गरेको हो । मुबैवाले आफ्नै पति कोन्स्टान्टिनो बिरामी भइ अस्पताल भर्ना भएको बेला हत्या प्रयास गरेको अभियोग छ ।

यसअघि नै उनीविरुद्ध भ्रष्टाचार तथा मुद्रा अपचलनको आरोप लागेको थियो । भ्रष्टाचारविरुद्ध आयोगका अनुसार ३८ वर्षीया म्यारीविरुद्ध विभिन्न १२ वटा मुद्दा थिए । मुद्रा अपचलन, सार्वजनिक कोषको रकम आफ्नो बनाएको र जालसाजी सम्बन्धी मुद्दा उनीविरुद्ध थियो । सोही आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको बताइएको छ ।

सोमबार अदालतमा भने मुबैवाले आफूविरुद्धका आरोप अस्वीकार गरिन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनले ६ महिनाअघि आफ्ना पति दक्षिण अफ्रिकास्थित अस्पतालमा भर्ना भइ उपचाररत अवस्थामा रहँदा हत्याको प्रयास गरेकी थिइन् ।

त्यस बेला उनले पतिलाई उपचार गराउनबाटै रोकेको बताइन्छ । पाखुराबाट औषधि दिइएको ‘इन्ट्रमभेनस ड्रिप’ नै उनले झिकिदिएकी थिइन् । जिम्बावेका उपराष्ट्रपति गेन २०१७ मा रोबर्ट मुगावेलाई राष्ट्रपति बनाउने काममा महत्वपूर्ण भुमिका खेलेका थिए । दक्षिण अफ्रिकामा उपचारपछि चिवेङ्गा चार महिनाअघि उपचारका लागि चीन पुगेका थिए ।

मानवअधिकारमा ऐतिहासिक सुधार  चीन


बेइजिङ स् चीनमा मानवअधिकारको अवस्था ऐतिहासिक रुपमा सुधार भएको चिनियाँ विदेशमन्त्रीले बताएका छन् । विदेशमन्त्री वाङ यीले सोमबार बेल्जियमको ब्रसेल्समा यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो मुलुकमा मानवअधिकारको अवस्था गुणात्मक रुपमा सुधार भएको बताए ।

८५ करोड नागरिकलताई गरिबीको रेखाबाट बाहिर निकालेको तथ्य समेत उनले पेश गरेका थिए । ‘यो गरिबी निवारणको विश्वकै तथ्यांकमा कम्तीमा पनि ७० प्रतिशत योगदान हो,’ विदेशमन्त्री वाङले भने । यस्तै ७७ करोडलाई रोजगारी दिएको र २५ करोड जेष्ठ नागरिकलताई सामाजिक सुरक्षाको प्रत्याभुति गराएको उनको भनाइ थियो ।

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्फलाई मृत्यदण्डको सजाय

लाहोर पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदण्डको सजाय सुनाइएको छ । मंगलबार लाहोर उच्च अदालते मुर्सरफलाई देशद्रोहीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी यूएईको दुबईमा उपचार गराइरहेका छन् ।

केही दिनपहिला दुबईबाटै उनले एक भिडियो सार्वजनिक गरेका थिए । उनले भिडियोमार्फत आफ्नो बिग्रिएको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । भिडियोमार्फत उनले जाँच आयोगसँग आफ्नो स्वास्थ्य अवस्था बुझ‍्‍न आग्रह गरेका थिए ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दाको बारेमा बोल्दै उनले भनेका थिए, ुयो मुद्दा मेरो विचारमा पूर्ण रूपमा निराधार छ । देश द्रोहको कुरा छोडौं, मैले यो देशको धेरै सेवा गरेको छु । युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।ु

गम्भीर देहद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले २८ नोमेम्बर मा परवेजलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो । उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइए थियो। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।





error: Content is protected !!