यस्तो छ यार्सागुम्बा सेवनका फाइदा

यार्सागुम्बा औषधीय गुण भएको वनस्पति हो । सामुद्रिक सतहभन्दा ३८ सय मिटरको उचाइमा नेपाल, भारत, तिब्बतलगायत देशका हिमाली भागमा यार्सागुम्बा पाइन्छ । नेपालमा औषधिबाहेक अन्यत्र यसको उपयोग खासै गरिँदैन । यार्सा महँगो जडीबुटी पनि हो । त्यसैले, नेपालबाट बर्सेनि विदेशमा यसको निर्यात गरिन्छ ।

औषधीय गुण

गर्भवती महिलाका लागि यार्सागुम्बा बढी फाइदाजनक छ । यसको सेवनले पेटभित्रको बच्चालाई आवश्यक पोषण तत्व प्राप्त हुन्छ । यद्यपि, एक दिनमा नौ ग्रामभन्दा बढी यार्सागुम्बा खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन ।
क्यान्सर, ट्युमर, मिर्गौलाका बिरामीले यार्सागुम्बा नियमित सेवन गरेमा फाइदा गर्छ ।
मस्तिष्कसम्बन्धी एन्जाइटी, अल्जाइमर, डिप्रेसनजस्ता समस्या कम गर्छ ।
आलस्यता हटाउँदै शरीरमा ऊर्जा थप्ने काम गर्छ ।
रक्तकोषिकाको विकास गर्न सघाउ पु(याउँछ ।
नपुंसकता हुनबाट बचाउनुका साथै यौनशक्तिसमेत बढाउँछ । रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ ।





error: Content is protected !!