छ वर्ष पछि अवरुद्ध सडक निर्माणका लागि बाटो खुल्यो

जाजरकोट , छ वर्ष देखि निर्माण कार्य रोकिएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडकको निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेश र सङघीय सरकार लगानीमा यो सडक निर्माण गर्ने मंगलबार सहमती भएसँगै काम सुरु हुँन लागेको हो ।
गतल स्टामेटका कारण पटक , पटक विवादमा आएको यो सडक निर्माणका लागि सरोकारवाला बीच छलफल भई सहमती भएपछि काम सुरु गर्ने मोडमा पुगेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । छ महिना अघि दर्जन बढी मोड भएकै कारण सडकको स्तरउन्नतीका लागि समस्य परेको भन्दै प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको सक्रियातमा सडक निर्माणका लागि जग्गा दिन स्थानीयवासीहरु सहमत भएका थिए ।
पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडक खण्डमा सडक डिभिजन कार्यालयले २०७० सालमा खोलेका दुई वटा ठेक्का र कर्णाली प्रदेश सरकारको पुर्बाधार बिकास कार्यालय, जाजरकोटले गत बर्ष खोलेको एक वटा ठेक्काको काम हुँन नसकेपछि मंगलवार भएको सहमती अनुसार काम सुरु गर्ने वातावरण तयार भएको प्रदेशसभा सदस्य सिंहले बताउनुभयो । बैंठकले बिगत ६ बर्षदेखि अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडक खण्डको निर्माण कार्य हप्ता दिन भित्रै सुरु गर्ने निर्णय गरेको छ ।
सडक डिभिजन कार्यालय, सुर्खेतसंग आर्थिक बर्ष २०७०÷०७१ मा ठेक्का सम्झौता गरेको रौताहा कन्ट्रक्सन प्राली उदयपुरले हालसम्म काम गर्न सकेको थिएन । सम्भौता गरिएको उक्त ठेक्कामा सडक डिभिजन कार्यालयले बाताबरण प्रभाव मुल्याङ्कण (ईआईए) नगरेको कारण काम गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ ।
आव २०७०÷०७१ मा सडक डिभिजन कार्यालय, सुर्खेतले आहवान गरेको वोलपत्र आवह्वान नम्बर ६ को कार्यादेश २०७० मङ्सिर २२ गते र ठेक्का नम्बर १२५ को कार्यादेश २०७० चैत २५ गते रौताहा कन्ट्रक्सन प्रालीलाई दिएको सडक डिभिजन कार्यालय पश्चिम रुकुम चौरजहारीका ईन्जिनियर कुशल भुषालले जानकारी दिनुभयो । ईन्जिनियर भुषालले दिएको जानकारी अनुसार सम्झौता पत्रमा रौताहा कन्ट्रक्सन प्रालीले ठेक्का नम्बर ६ मा ९६ हजार र ठेक्का नम्बर १२५ मा ५९ हजार ४ सय घनामिटर नयाँ सडक निर्माण गर्नुपर्ने छ । साढी एक करोड भन्दा बढी लागतमा सम्झौता भएको ठेक्कामा २६ प्रतिशत निर्माण कम्पनीले भुक्तानी लिएको ईन्जिनियर भुषालले जानकारी दिनुभयो ।
त्यस्तै पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला सडकखण्डमा कर्णाली पदेश सरकारको पूर्वाधार बिकास कार्यालय, जाजरकोटले आब २०७५÷०७६ को ठेक्का नम्बर ३० केशवशाह कन्ट्रक्सन सेवा प्राली नौबस्ता बाँकेसंग सम्झौता गरी यहि मङ्सिर १६ गते कार्यादेश दिएको निमित्त कार्यालय प्रमुख टकेन्द्र रोकायले जानकारी दिनुभयो । रु २ करोड ७० लाखको ठेक्का १ करोड ३७ लाख घटिघटाउँमा सम्झौता गरेको केशवशाह कन्ट्रक्सन सेवा प्रालीले रु १ लाख ४६ हजार घनमिटर नयाँ सडक कटिङ्ग गर्नुपर्ने निमित्त प्रमुख रोकायले बताएका छन् ।
सडक निर्माणका लागि रौताहा कन्ट्रक्सन प्राली र केशवशाह कन्ट्रक्सन सेवा प्रालीसंग सम्झौता गरेका सडक डिभिजन कार्यालय र पूर्बाधार बिकास कार्यालयले निर्माण कम्पनीलाई आगामी जेठ २२ गते भित्रै काम सम्पन्न गरिसक्नु पर्ने समय सिमा निर्धारण गरेका छन् । यो सडक निर्माण भएसँगै बारेकोट गाउँपालिका बाट जुम्ला सडक जोड्न सजिलो हुँने छ ।
लुम्विनी –रारा सडक खण्ड यही सडक भएर जाने भएकाले पनि काममा तिव्रता दिनुपरेको हो । यही वर्ष भित्र नै सदरमुकामबाट पिचको लागि काम वोलपत्र आवह्वान गरेर काम गर्न अन्तिम तयारी भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । यहाँको सडक निर्माण नहुँदा दैनिक मन्त्री देखि सांसद र स्थानीय जनप्रतितिनिधिले भारी आलोचना हुँदै आएको थियो । मन्त्री वस्नेतको चुनावी नारा समेत रहेको यो सडक निर्माण भएपछि कुशेगाउँपालिकामा सुन्तला जोन अझ फस्टाउनका साथै उहाँ उत्पादित आलु सजिलै वजारमा ल्याउन सहज हुँने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!