कोहलपुरमा ३ बजेदेखी कर्फ्यु , सबैलाई घर जान आग्रह

कोहलपुरमा प्रहरीले कर्फ्यु लगाउने तयारी गरेको छ । छात्रालाई ट्रकले किचेको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा कर्फ्यु लगाउने तयारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिरबहादुर वलीले कोहलपुरको शुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै कर्फ्यु लगाउने तयारी गरीएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो । अहिले कोहलपुर क्षेत्रमा प्रहरीले माईकिङ गरीरहेको छ । स्थानिय सर्वसाधारणलाई माईकिङ गरेर आ-आफ्नो घर जान आग्रह गरीएको वलीले जानकारी दिए ।
सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीहरुले प्रहरीलाई नै आक्रमण गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको हो । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले एक सय राउण्ड बढि हवाई फायर गरेको छ । प्रहरीले चलाएको गोली लागी २ जना विद्यार्थी गम्भीर घाईते भएका छन ।
यसैबिच अनियन्त्रित भिडले प्रहार गरेको ढुङ्गा लागेर ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख हेम बहादुर शाही सहित १ दर्जन बढि प्रहरी घाईते भएका छन ।










