जाजरकोटी गायक दुर्गा विकले ल्याए फेरी हृदयविदारक गीत “मनको मन्दिर” (भिडियो सहित)

जाजरकोट । जाजरकोटी गायक एवम सर्जक दुर्गा विकले फेरी बजारमा हृदयविद्यारक गीत बजारमा ल्याएका छन् । उनले शुक्रबार आम दर्शक श्रोताको वीचमा जी इन्टरमेन्ट बाट बजारमा सार्वजनिक गरेका हुन ।
उनले यस भन्दा अघि गायक एवम संकलन गरेका गीतहरुले आम स्रोता तथा दर्शकको मन निकै छोएको र अहिलेको गीत पनि मार्मिक बनेको उनको भनाई छ ।
उनको शब्द तथा लय सिर्जनामा सजिएको मनको मन्दिर गीतमा चर्चित गायक मानसिंह खड्का र तुल्छी थापाले स्वरबद्ध गरेका छन् भने यो गीतमा मोडिंलग राजेश आर.सी र कुशम लामाले गरेका छन् ।

सर्जक विकले सबै दर्शक तथा स्रोता भगवान रहेकोले सबैले सेयर गरी सहयोग गरिदिन आग्रह समेत गरेका छन् । तपाईको माया र साथले यो स्थान सम्म पुगेको र सफलता भनेको सबै दर्शक र स्रोताको माया भएको उनले बताए ।





error: Content is protected !!