रुकुममा जर्वरजस्तीका घटना बढ्दै ,माद्यक पदार्थ नै महिलाको शत्रु बन्यो

महिला भएकै आधारमा मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्धलगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा र्पुयाइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्न सकिन्छ ।
समाजमा महिला हिंसालाई न्युनिकरण गर्न महिलाका हकअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संसस्थाले काम गरिरहेका छन् । रुकुममा विभिन्न संसस्थाले महिला हिंसाका विरुद्धमा जनचेतना मुलक कार्यक्रम गरेपनि प्रभाबकारि नभएको स्पष्ट रुपमा देख्न सकिन्छ । गाउँघरका सामान्य महिलाहरुलाई आफुलाई हिंसा भैरहेको तर, यो हिंसा हो भन्ने कुरा समेत ज्ञान छैन ।
केहि महिलाहरुलाई हिंसा भएको महसुस भएपनि यसका लागि आफु कहाँ जानुपर्छ, के गर्नुपर्छ भन्ने कुराको समेत ज्ञान छैन ।
जिल्ला प्रहरि कार्यालयको तथ्याङ्क हेर्दा यो आर्थिक बर्षमा सबै भन्दा बढि जबरजस्ति करणिका मुद्धा दर्ता भएका छन् । जबरजस्ति करणीका—७, जबरजस्ति करणी ऊद्योग—१, बहु बिबाह—४, बालबिबाह—१ आत्महत्या—४ र कर्तव्य ज्यानको १ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरि कार्यालयका प्रहरि प्रमुख सुमित खड्काले बताएका छन् ।
प्रहरि प्रमुख खड्काका अनुसार महिला हिंसा हुनुको मुख्य कारण माद्यक पदार्थ सेवन भएको दाबि गरेका छन् । खड्काले भने,“माद्यक पदार्थ महिलाका लागि मात्रै नभएर सिङ्गो समाजका लागि बाधक भएको छ । हामिले महिला हिंसाका न्युनिकरणका जति कुरा गरेपनि सर्वप्रथम माद्यक पदार्थ नियन्त्रण गर्नुपर्ने उनले बताए ।
प्रहरि शान्ति सुरक्षाका लागि हो महिला हिंसा मात्रै नभै सबै अपराधिक घटना न्युनिकरण गर्न लागि परेको र अन्य बिभिन्न संस्थासँग समन्वय गरेर महिलाको क्षेत्रमा काम गरिरहेको खड्काको भनाई रहेको छ ।
त्यस्तै जिल्लाकै सानिभेरि गाउँपालिकामा भने सबै भन्दा बढि घरेलु हिंसा हुने गरेको न्यायिक समिति संयोजक इन्द्रिरा ओलिले जानकारि दिईन । सानिभेरि गाउँपालिकाको न्यायिक समितिको तथ्याङ्क साउन देखि यता २ वटा सम्बन्ध बिछेदका मुद्धा दर्ता भएको संयोजक ओलिले बताइन् ।
हामिले के सानिभेरि गाउँपालिकामा अहिले सम्म २ वटा मुद्धा मात्रै दर्ता भएका हुन त भनेर बुझ्दा नतिजा फरक पाइएको छ । स्थानिय तहमा महिला हिंसाका क्षेत्रमा काम गर्छाै भनेर न्यायिक समिति गठन भयो जसको संयोजक स्थानिय सरकारको उपप्रमुख हुने ब्यबस्था संविधानमै गरिएको छ ।
तर सानिभेरि गाउँपालिको न्यायिक समितिमा भने तथ्याङ्क नभएको पाइयो । न्यायिक समितिसँग किन तथ्याङ्क भएन भनेर बुझ्दा पिडित नागरिक नै न्यायिक समिति कहाँ नआएर प्रहरि चौकि जाने गरेको पाईरको छ । सानिभेरि गाउँपालिकामा चाईनाबगर ईलाका प्रहरि कार्यालय र सिम्लि प्रहरि चौकि गरि दुई वटा ईलाका प्रहरि चौकि छन् ।
चाईनाबगर ईलाका प्रहरि कार्यालयको तथ्याङ्क अनुसार घरेलु हिंसा—१५ वटा, बहु बिबाह—१ र जबरजस्ति करणीको १ वटा मुद्धा दर्ता भएको ईलाका प्रहरि कार्यालयले जनाएको छ । त्यस्तै सिम्लि प्रहरि चौकिका अनुसार घरेलु हिंसाका मुद्धा १५ वटा, बालबिबाह २ वटा दर्ता भएका २ वटा गाउँमै मिलाएर अभिभाबकको जिम्मा लगाइएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सानिभेरि गाउँपालिकामा महिला हिंसा न्युनिकरण गर्न स्थानिय सरकार, प्रहरि चौकि, बिद्यालय, बाल सञ्जाल र आमा समुहसँग समन्वय गरेर काम गरिरहेको संयोजक ओलिले बताईन । त्यस्तै न्यायिक समितिकै अर्का कर्मचारि रगबिर रोकाले भने सानिभेरि गाउँपालिकामा सबै भन्दा बढि घरेलु हिंसा हुने भएको यसको प्रमख कारण माद्यक पदार्थ नै भएको बताएका छन् ।
हरेक घटना घरपरिवार बाटै घट्ने भएकोले एउटा गाउँपालिकालाई सुधार गर्ने सपना देख्नुपुर्व एउटा घरलाई सुधार्न आबश्यक रहेको बताएका छन् । सानिभेरि गाउँपालिकाको सन्दर्भमा घरसुधार्ने एउटा मात्रै औषधि भनेको माद्यक पदार्थ नियन्त्रण भएको रोका बताएका हुन् ।
माद्यक पदार्थ बन्द गर्न जिल्ला प्रहरि कार्यालय, स्थानिय सरकार र आम नागरिक लाग्दापनि बन्द नहुनुको कारण अहिले सम्म प्रश्नमै सिमित भएको छ । हाम्रो समाजको गतिबिधि हेर्दा जसले माद्यक पदार्थ सेवन गर्नु हुदैन भनेको छ त्यसले नै सेवन गरेको देखिन्छ । मलाई कहिले काहिँ लाग्छ ज—जसले माद्यक पदार्थ सेवन गर्छ त्यसैले आजकै दिन देखि म खादिन भनेर मम गरेर लागि पर्ने हो भने अबश्य पनि माद्यक पदार्थ बन्द हुने र महिंला हिंसाका घटना धेरै मात्रामा घट्ने म देख्छु ।
सर्वसाधरण नागरिकलाई सोध्दा हामि हिंसामा पर्दा प्रहरि चौकि जान्छौ तर प्रहरि चौकिले यो मुद्धा न्यायिक समितिले हेर्छ भनेर पठाईदिनुहुन्छ फेरि हामि न्यायिक समितिमा जादाँ पहिले प्रहरि चौकिमा उजुरि दिनु अलि नमिलेपछि हामि कहाँ आउनु भनेर पठाइन्छ । त्यस पछि हामि झंजट नगर्ने भनेर परिवारको दमन सहन बाध्यछौ भन्छन् ।










