६ बर्ष देखि कार्यालय प्रमुख विहीन

छ बर्ष देखि नेपाल टेलिकम शाखा कार्यालय जाजरकोट कार्यालय प्रमुख विहीन छ । नेपाल सरकारले सम्बन्धित ठाउँमा कर्मचारी नपठाउँदा कर्मचारी विहीन बनेको हो । कार्यालय प्रमुख हुनलाई इन्जिीनेरिङ्गी छैटौँ तहको कर्मचारी आवश्यक पर्ने भएपनिता पनि हाल प्रशासन छैटौँ तहको कर्मचारीले कार्यालय प्रमुखको रुपमा काम गर्दै आइरहेका छन् ।
सम्बन्धित ठाउँको कर्मचारी कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको कार्यालयका एक कर्मचारीले बताए ।










