छोएन १६ दिने अभियानले दलित महिलालाई, अभियानमा होइन, घरको काम भन्दामा व्यस्त

कालीबहादुर नेपाली जाजरकोट । लैगिक हिंसा विरुद्धको सोह्र दिने अभियान जाजरकोट लगायत देशभर अहिले चलिरहेको छ ।
नेपालमा नेपाल सरकारले महिला र पुरुष समान हुने व्यवस्था पनि गरेको छ । नेपालको संविधामा मौलिक हकका रुपमा महिलाको हक समावेश गरेको छ ।
महिलाको हकलाई सदुपयोग गर्न लैगिंक हिंसा विरुद्धको सोह्र दिने अभियानमा सहर बजारका महिलाहरु विभिन्न कार्यक्रम गरी लैगिक हिंसा विरुद्धको अभियान मनाइ रहेका छन् । रात दिन कडा मिहिनेत गरी घरपरिवार धानेका दलित महिलाहरुलाई सोह्र दिने अभियानले पटक्कै छोएको छैन ।्
जिल्लाको जुनीचाँदे गाउँपालिका ३ की तारा कुमारी सार्की विहान ५ बजे उठेर हातमुख धुन्छिन् । त्यसपछि ८ जना परिवारलाई खानाको जोहो गरेर वनमा डाले घाँस काट्न जाँन्छिन् । गाउँपालिकामा सोह्र दिने लैगिंक हिसांको अभियान चलेको छ तर उनलाई अभियानको विषयमा नै थाहा छैन ।
उनले भनिन् “म विहान ५ बजे उठ्छु, परिवालाई खाना बनाएर वनमा जान्छु ।”, “वन बाट फर्केर दिनको खाना खान्छु त्यसपछि स्याउला लिन फेरी वनमा जान्छु ।” उनको दैनिक यसरी चल्दै आएको छ । तारा कुमारी सार्की उदारहण पात्र मात्र हुन ।
जिल्लाका अधिकांश दलित महिलाई सोह्र दिने अभियानको विषयमा जान्नुको त कुरै छोडौँ, अभियानमा गए परिवार धान्न मुस्किल हुने गरेको बताउँछन् ।
र उनीहरुलाई अभियानको विषयमा थाहा नै छैन । बारेकोट गाउँपालिका २ की तोल्मीसरा विकको पनि दैनिक उस्तै छ । गत असारमा श्रीमानले आत्मा हत्या गरेपछि उनको काँधमा ४ जना छोराछोरीमा लालन पालनको जिम्मा थपियो ।
उनले एक दिन काम नगरे परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्छ । घरको काम धन्दा छोडेर कसरी अभियानमा जान सकिन्छ ।
उनले ,भनिन् “छोराछोरीलाई विद्यालय पठाउनुपर्छ आफु विहान घरको काम सकेर दिउँसो अरु कसैको काम गर्न जानुपर्छ ।”, नानीबावुलाई खाना दिन नै मुस्किल छ ।” भेरीमालिका कर्मीले उनले सोध्दा तपाईलाई लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको विषयमा के थाहा छ ? उनले भनिन्“ खै गाउँमा महिला दिदीबहिनीहरुले नारा त लगाउँछन् र्, खै के गरेका हुन यसको विषयमा महिला थाहा छैन ।’ त्यहि त होला गाउँमा रक्सी हाल्ने अभियान नि ।”
उनको भनाईले के प्रस्ट हुन्छ भने ,दुर्गमका दलित महिला लैगिंक हिंसा विरुद्धको सोह्र दिने अभियानमा अनविज्ञ नै छन् । नलगाड नगरपालिका ५ कालीमाटीकी गिता सार्की पनि दिनभर श्रीमान संगै पसलमा काम गर्छिन, साझँ घर फर्किन्छिन् ।
उनले पनि काम नगरे परिवारको चुलोमा आगो बल्दैन । उनले भनिन् “मैले काम गर्नै पर्छ काम नगरे परिवारमा चुलो बाल्न निकै समस्या हुन्छ ।” यसरी काम नगरेर घरको चुलो नबल्ने दलित महिलाहरुलाई लैगिंक हिंसाको सोह्र दिने अभियानले कहिले छुन्छ ?
काम गरेर राजीरोटी बनाउने दलित महिलाहरुलाई रोजगारीको सिर्जना गरी उनीहरुलाई आत्मा निर्भर बनाउन सके सजिलो हुने दलित अधिकारकर्मीको भनाई छ । राज्यले व्यवस्था गरेको सेवा सुविधा हुने खानेलाई भन्दा गरिवीको चपेटामा परेका परिवारलाई दिदा उनीहरुको परिवार पाल्न सजिलो हुन्थ्योकी ?










