उर्जा र वन मन्त्रीद्धारा कर्णाली प्रदेशका बिभिन्न आयोजनाको निरीक्षण हुँने

जाजरकोट ः उर्जा मन्त्री वर्षमान पुनद्धारा कर्णाली प्रदेशका बिभिन्न जिल्लामा रहेका आयोजनाको निरीक्षण भ्रमण गर्नुहुँने भएको छ ।

मंसिर १६ गते भेरी ववई शिलन्यास , फुर्कोट कर्णाली अनुगमण , वेतन कर्णाली अनुगमण , सुर्खेतमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १७ गते सुर्खेतमा राडार उद्घाटन , जगदुल्ला जलविद्युत आयोजनाको हवाई अनुगमण , जाजरकोटको नलगाड जलविद्युत आयोजनाको वाध स्थलमा अन्तरक्रिया र विद्युत उत्पादन गृह नलगाड नगरपालिकाको दल्लीमा भेटघाट कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहभागी हुँने बताएको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही , अन्य विभागिय मन्त्री , प्रदेशसभा सदस्यहरुको सहभागीता हुँने उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले नेपालपोष्टखवरलाई जानकारी दिनुभयो ।





error: Content is protected !!