फोक्सुन्डोमा रमाउनेको सङ्ख्य बढ्दै

हेमन्त केसी
काठमाडौँ ः पछिल्लो समय प्राकृतिक संग्राहलयको रूपमा परिचित डोल्पाको फोक्सुण्डो ताल आन्तरिक पर्यटनको हर्ब बन्दै गएको छ।
प्राकृतिक सुन्दरता जैविक विविधता तथा पर्यटकीय महत्वले आफूलाई विश्वमा वैभव तालको रूपमा पहिचान बनाएको छ, फोक्सुण्डोले ।
शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँनजिकमा रहेको बैभवपूर्ण तालफोक्सुण्डो समुद्र सतहदेखि ३६ सय ५० मिटरको उचाइमा अवस्थित छ। नेपालको सबै भन्दा गहिरो तथा नीलमर्णि जस्तै आफ्नो रुपलाई फेरि रहने यो तालको सफा स्वच्छ निर्मल पानीले सबैको मनलाई एकाग्रता बनाई दिने गर्छ।


पर्यटकीय महत्व बोकेको फोक्सुण्डो तालको महिमा र वर्णन पछिल्लो समयमा सञ्चार माध्यम मार्फत् देश विदेशमा हुन थालेपछि प्राकृतिक सुन्दरताको स्वाद पान गर्न लाखौं खर्च गरेर बाहिरी पर्यटकहरू फोक्सुण्डो पुग्ने गरेकोमा अहिले आन्तरिक पर्यटकहरूको रोजाइमा समेत पर्न थालेको छ।


६ सय ५० मिटर गहिरो रहेको योे ताल नेपालकै गहिरो र विश्वकै एक बैभवशालीताल हो, फोक्सुण्डो। तालको सुन्दरता र प्राकृतिक मनोरम दृश्य फोक्सुण्डो तालमा पुग्ने जो कोहीलाई प्राकृतिक आनन्दमा मोहित बनाउने गर्छ।
प्रचारप्रसार अभावमा ओझेलमा परेर पनि प्रशस्तै पर्यटकीय सम्भावना बोकेको प्राकृतिक संग्राहलयको रूपमा आफूलाई स्थापित बनाउँदै लगेकाले छ । अहिले यहाँ अवलोकन गर्नेको संख्य दैनिक बढीरहेको छ ।


फोक्सुण्डो तालको प्रवद्र्धन गर्ने उद्देश्यले अवधारणा नेपालले हालै मात्र पहिलो पटक पशुपती – फोक्सुण्डो ताल सम्माको मोटर साईकल यात्रा गरिएका छ । त्यस्तै साउनतीर काव्ययात्रा गरेर कविहरुले फोक्सुण्डो तालको छेउमा प्राकृतिक सुन्दरताको महिमा गान र टेलिभिजनमा देखेर यसको स्वादपान गर्न आफू डोल्पा आएको बताएका थिए।
पर्यटकीय महत्व बोकेको फोक्सुण्डो तालको महिमा र वर्णन पछिल्लो समयमा सञ्चार माध्यममार्फत् देश विदेशमा हुन थालेपछि प्राकृतिक सुन्दरताको स्वादपान गर्न लाखौं खर्च गरेर स्वदेशी तथा विदेशी पर्यटकहरू फोक्सुण्डो पुग्ने गरेको नागरिक जिल्ला समन्यव समिति डोल्पाा संयोजक शेरबहादुर बुढाले बताउनुभयो ।
फोक्सुण्डो हेर्न र भौगोलिक विकटता बीचको प्राकृतिक सौन्दर्यताको स्वादपान गर्न बसेर्नी भारी संख्यामा विदेशी पर्यटक आउने गर्छन्। पछिल्लो समय फोक्सुण्डो लगायत श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर, विश्वको अग्लो मानव बस्ती धो उपत्यका,शे गुम्बा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको जैविक विविधता हेर्न आन्तरिक पर्यटकहरू आउने क्रम सुरु भएको छ।

पछिल्लो समय फोक्सुण्डो ताल हेर्न र डोल्पा बुझ्नका लागि आन्तरिक पर्यटकहरू कति पुग्छन् भन्ने यकिन तथ्यांक छैन। यद्यपि २०७५ मंसिर ४ मा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पर्यटकलाई यहाँ आउन सजिलो भएको थियो । सावन देखि कात्तिक सम्म स्वदेशी ७५६ जना र विदेशी ४०८ जना पर्यटकहरु फोक्सुण्डो पुगेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडका सूचना अधिकृत क्षत्र खड्काले जानकारी दिनुभयो ।
यसै गरी फोक्सुण्डोको मनमोहक दृश्यलाई काठमाडौँमा बसेर टेलिभिजनको पर्दामा हेरेको तर, डोल्पाको भूमि नटेकेको अवस्था थियो , तर हालै त्यहाँपुगेर आए काठमाडौँका रमण श्रेष्ठले बताउनुभयो । पहिलो पटक फोक्सुण्डोको आँगनमा पुग्दा साँच्चिकै सुन्दर मात्र होईन् , स्वागिय आनन्द भएको श्रेष्ठले बताउनुभयो ।
फोक्सुण्डो हेर्न आउने आन्तरिक पर्यटकहरू स्थानीय आम्दानीको स्रोत बन्ने गरेका छन्। फोक्सुण्डोको हिमालयन होटलका सञ्चालक निमा लामा आन्तरिक पर्यटकहरू आएपछि होटलमा बस्ने खानपान गर्ने गरेकाले आम्दानीहुने गरेको तर, विदेशीहरूले सबै बाहिरबाटै ल्याउने गरेकाले आफ्नो व्यापार केहीनहुने बताउनुभयो । यहाँ पुग्नका लागि सजिलो पदमार्ग भएमा आझै पर्यटकको संख्य बढ्ने स्थानीयवासीहरु बताउछन् ।

पर्यटक बढाउन हवाई तथा सडक सञ्जालविस्तार
जाजरकोट – डोल्पा सडक खण्डको सडक स्तर उन्नतीका साथै ठाउँ , ठाउँमा पुलनिर्माण भएमामात्र डोल्पामा पर्यटकको संख्य वढाउन सकिन्छ । हवाई मात्रा सहजबनाउन उडान थप्नुका साथै टिकटमा दलालीकरण रोक्नुपर्ने आम नागरिकको भनाई छ । पदमार्ग स्थलमा खाने , वस्ने ठाउँको सही व्यवस्थापन गरिनुपर्ने अर्को माग रहेको छ । अघिल्लो वर्ष ३ हजार १ सय जनाले डोल्पाको भ्रमण गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!