पाँच महिना सम्म खै राहत ?


हेमन्त केसी
काठमाण्डौँ , असार २८ गते मुड्केचुला गाउँपालिका –१ काँशिला खोलामा आएको बाढीले तहसनहस बनाएका स्थानीयवासीले अझै राहत पाउन सकेका छैन् ।
सो बाढी सँगै आएको पहिरोका कारण यहाँका ११ घरपरिवारको थाकथलो नामनिसान नरहने गरी उठेवास बनाएको थियो । तीन गाउँको खानेपानी , विद्युत उत्पादन गृह , बाटोका साथै काठेपुल समेत बगाएको थियो । पाँच महिना वितिसक्दा पनि पीडितको अहिले सम्म ३० केजीको १ बोरा चामल , एकसरो कपडा अनि एक सरो भाडा बाहेक अरु केही पाउन नसकेको बताएका छन् ।
अहिले माथेल्लो डोल्पा सँगै तल्लो डोल्पामा दैनिक चिसोले पकट जमाई समेको छ , यत्ता बाढी पीडितहरु भने सो चिसोसँग मुकाविला गर्न नसक्दा राहतको पखाईमा बसेको ४५ बर्षीय पुतली बोहोरा बताउनुभयो । उहाँले भन्नुभयो , “प्रदेश सरकारले सबै बाढीपीडितको उचित व्यवस्थापनको लागि सहयोग गर्ने भनि मन्त्री नन्दसिंह बुढाले भन्नुभएको थियो , तर पाँच महिना बित्तिसक्दा पनि अझै राहत सामग्री नआउदा विश्वास घात त भएन भन्ने लागेको छ , । ”
काँशिला खोलामा आएको बाढीले बगाएर ११ जनाको मत्यु भएको थियो। मुड्केचुला गाउँपलिका – १ कालिका औलस्थित कौसिला गाउँका १२ वर्षीया सारिका बोहरा, ४१ वर्षीय धर्मराज बोहरा, १३ वर्षीया सोना सार्की र २३ वर्षीया चन्द्रकुमारी सार्कीको खोजतलासको क्रममा शव भेटिए। तर १२ वर्षीया धनरुपा बोहरा, १५ वर्षीया बृहस्पति बोहरा, २३ वर्षीय पन्चे सार्की, २३ वर्षीया साउनी विक, ४२ वर्षीया रंगी बोहरा, ४२ वर्षीय कालिबहादुर बोहरा र ३५ वर्षीय लवकुमार रोकायको बाढीमा ज्यान गएको भएपनि अझै शव भेटिएको छैन।
जिल्ला प्रशासन कार्यालयले बाढीमा परेर मृत्यु भई शव भेटिएका ४ घर परिवारहरुलाई एक लाखको दरले राहत उपलब्ध गराएपनि संगै ज्यान गुमाएका तर शव फेला नपरेका ७ जना मृतकका आफन्तले अझै राहत पाउन सकेका छैनन्। कौसिला खोला बाढीले ११ जनाको ज्यान लिनुका साथै घरबास र खेतबारी समेत बगाएपछि बिचल्लीमा परेका बाढीपीडितहरु आफन्तको घरमा शरण लिएर यत्तिखेर कष्टपुर्ण जीवन बिताउदै आएको पुतलीले बताउनुभयो । दैनिक सो बाटो हुँदै हिड्ने बटुवालाई समेत समस्य हुँदै आएको नर्कुुुकि सरस्वती शाहीले जानकारी दिनुभयो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मृत्यु भएर शव भेटिएका ४ जना पीडितहरुलाई एक लाखको दरले राहत उपलब्ध गराइएको र बाँकी ७ घरपरिवारलाई पनि राहतको लागि गृहमन्त्रालयमा पहल गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार अन्यलाई दश हजारका दरले सहयोग गरिएको र गृहबाट रकम प्राप्त भएपछि वितरण गरिने छ । बाढीपीडितहरु अध्यारोमा बस्न नपरोस् भनेर सोलारको व्यवस्था गरिएको र छिट्टै बाढी पीडितको बास्थानमा पुगेर वितरण गरिने मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । यहाँ रहेको फेम्ली अस्पतालमा विद्युत नहुँदा ५ महिना देखि भिडियो एक्सरे सेवा , ल्याप सेवा समेत बन्द भएको छ ।
सम्बन्धित जिल्लाका मन्त्री र सांसद भएर पनि पाँच पाँच महिनासम्म बाढीपीडितले राहत नपाएर कष्टपूर्ण जीवन बिताउनु पर्दा प्रदेश सरकार र जिल्लाकै मन्त्रीको चर्को आलोचना हुँदै आएको छ।
यत्ता जाजरकोटको नलगाड नगरपालिकाको कालीमटी , घुवारा लगायतका ठाउँमा अघिल्लो वर्ष आएको बाढीका कारण तहसनहस भएको संरचना अझै निर्माण भएका छैन्न ।
वजेट अभाव हुँदा यहाँका संरचना निर्माण नभएको नलगाड नगरपालिकाले जनाएको छ । झुर्मेखोलाले ४२ भन्दा बढी पानी घट्ट , सयौँ मुरी फल्ने धान लगाएको खेत नष्ट बनाएको थियो । खानेपानीका योजनाहरु वगाएका कारण अहिले सम्म स्थानीयले खानेपानी आपुर्ती हुँन सकेको छैन् ।
त्यस्तै नलगाडको तल्लुमा रहेको वस्ती भेरी नदीको कटान कारण असुरिक्षत भएपनि अहिले सम्मा त्यहाँको व्यवस्थापन गर्न सरोकारवालाले चाँसो नदेखाएको पीडितको भनाई छ । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले नगरको समस्य लिएर काठमाण्डौ आएपनि सम्वन्धित मन्त्री सँग भेट नहुँदा जाजरकोट फर्कीएका छन् । चार दिन बस्दा पनि मन्त्री सँग भेटनहुँदा उहाँ जिल्ला फर्कनु भएको हो । जिल्लाको सवै भन्दा बढी नलगाड नगरपालिकामा बाढीले क्षती बनाएको थियो ।
रुकुम पश्चिम आठविसकोट नगपालिकाको गत्ताशैनामा बाढीले क्षती बनाएपनि त्यहाँका स्थानीयवासीको उचित व्यवस्थापन नभएको स्थानीयको आरोप छ । वर्षेनी आउने बाढीका कारण आफुहरु समस्यमा परेको स्थानीयवासी रातो टमटाले बताउनुभयो । भेरी नदी छेउछाउका वस्तीहरु जोगाउका लागि तटवन्ध लगाउनु पर्ने भन्दै स्थानीय सरकारले चाँसो दिएपनि बजेट अभावमा काम हुँन सकेको छैन् ।










