विद्युत आपुर्ती नहुँदा भिडियो एक्सरे सेवा बन्द

डोल्पा , गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत गृह वगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सुचारु हुँन सकेको छैन् ।
जिल्लाको मुड्केचुला गाउँपालिका –२ कालिका डोल्पा स्थित फेम्ली अस्पतालमा एक्रे सञ्चालनमा लागि आवश्यक विद्युत नहुँदा वन्द भएको हो । विसं २०६६ सालमा स्थापना भएको हस्पिटलमा इटालियन संस्थाले ओषधि देखि अन्य सेवा निशुल्क दिने गरेको छ ।
विद्युतको अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासीहरु महंगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याप टेक्सिसियान नेत्रबहादुर शाहीले बताउनुभयो ।ईल , रिजिङ सर्मि ,ओक्ट ,होर्त ,सुर ,नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिदै आएका छन् ।
दैनिक चिसो बढेकोले निमोनिय , रुघाखोकी अन्य रोगका विरामीहरु हस्पीटल उपचारका लागि आउने भएपनि एक्सरे सेवा लिन भने सकिएरहेका छैन्न । त्यस्तै ल्यापको काम समेत प्रभावित हुँदै आएको छ । दिनमा घाम समेत राम्रो नलाग्दा काम गर्न समस्य भएको डाक्टर कृष्ण अधिकारीले जानकारी दिनुभयो । २४ घण्टा सञ्चालने हुँने यो हस्पीटल आजभोली चिसोका कारण १० देखि ४ वजे सम्म मात्र सञ्चालन हुँने गर्दछ ।




सम्बन्धित समाचार


error: Content is protected !!