चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी

जुम्ला : चन्दननाथ नगरपालिका–२ भण्डारी बाडाका मानसिंह भण्डारीको घरमा आगलागी भएको छ।
बिहीबार साँँझ सात बजे आगलागी हुँदा भण्डारीको तीनवटा गोरु, एउटा गाई र दुईवटा जलेर मरेका छन्। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकल जाने बाटो नहुँदा स्थानीयले नै आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीले जानकारी दिए।
गत आइतबार पनि भणडारी बाडाको एक घरमा आगलागी भएको थियो।










