गाउँपालिकाले खोल्यो विवाह गर्न इच्छुक व्यक्तिका लागि आवेदन

सुनसरीमा गाउंपालिकाले विवाह गर्न आवेदन खोलेको छ। सुनसरीको कोशी गाउँपालिकाले एक सुचना जारी गर्दै विवाह गर्न इच्छुकहरूका लागी आवेदन खुलाएको हो। २० वर्ष पूरा भएका युवा युवतीहरुले यही मंसिर १७ गते भित्र नाम दर्ता गर्न सक्ने छन्। आर्थीक अभावका कारण विवाह गर्न नपाएकाहरुका लगि गाउँपालिकाले सहयोग गर्ने भएको हो।

तर यो सुविधा सबैले पाउने छैनन्। गाउँपालिका भित्रका विपन्न वर्गले मात्र सो सुविधा लिन सक्नेछन। इच्छुक वा उनका अभिभावकले घर नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले विवाहमा सहयोग गर्नका लागि रु. १५ लाख बजेट नै छुट्याईएको जनाइएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!