रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

काठमाण्डु, – छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिmङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।

पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । नेपाल समाचारपत्रबाट





error: Content is protected !!