अधिकार दिए , पैसा दिएन्न ? विकास निर्माणका काम गर्न वजेट माग्दै स्थानीय सरकार


हेमन्त केसी

काठमाडौँ , १२ मंसिर ः विकास निर्माणका कामहरु वजेट अभावले पुरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधिहरु संघीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् ।

जिल्लाका स्वास्थ्य संस्था , खानेपानी , विद्युत र सडक निर्माण गर्नका लागि वजेट भएपछि स्थानीय तहका प्रमुखहरु संघीय सरकार सँग वजेट माग गरेका हुँन् । स्थानीय तहले काम तिव्रताका साथ गर्नका लागि वोलपत्र आवह्वान गरिसकेको तर संघीय सरकारले पठाउनु पर्ने बजेट नपठाउँदा काम अवरुद्ध भएपछि स्थानीय तहका प्रमुख संघीय सरकार सँग वजेट माग्न आएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।

रावलका अनुसार नलगाड नगरपालिका वडा नं १, ४, ५,६, ९ ,१० र १२ मा निर्माण हुँन लागेका स्वास्थ्य संस्थामा वजेट नहुँदा निर्माणको काम अगाडी बढ्न सकेको छैन् । त्यस्तै सिंचाई गर्नका लागि छनोटमा परेका योजनाहरुमा वजेट संघीय सरकारले नपठाउँदा काम अगाडी बढाउन नसकिएको रावलले बताउनुभयो ।

त्यस्तै खेलकुद मन्त्रालयले वजेट नपठाउदा नलगाड ८ मन्मैमा रहेको रंगशाला निर्माणको काम अवरुद्ध हुँदै आएको छ । त्यस्तै सडक , खानेपानी निर्माणका लागि वजेट प्रयाप्त नभएकाले माग गर्न संघीय सरकार सँग अनुरोध गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

अधिकार दिने तर पैसा नदिने परिपाटीले गर्दा काम गर्न समस्य हुँदै आएको उहाँको भनाई छ । त्यस्तै भेरी नगरपालिकाले कालिकामा निर्माण गर्न लागेको भ्यु टावरमा वजेट नहुँदा काम सञ्चालन हुँन नसकेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । यहाँले पटक , पटक ताकेता गर्दा पनि बजेट नगरपालिकामा नजाँदा काम सुरु गर्न नसकिएको बताउनुभयो ।

तीन दिन सम्म काठमाडौँ वस्दा पनि स्वास्थ्य मन्त्रीलाई भेट्न नसकिएको बताएको छ । उर्जा मन्त्री वर्षमान पुन र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई आएकै दिन भेट्न पाएका जनप्रतिनिधिले स्वास्थ्य मन्त्रीलाई भने तीन दिन सम्म भेट गर्न नपाएको गुनासो गरेका छन् । खानेपानी मन्त्री विमा मगरलाई वन मन्त्रालयमै भेट भएपनि अन्य मन्त्री भेट्न मुस्किल भएको गुनासो स्थानीय तहका प्रमुखले गरेका छन् ।

वन मन्त्री र उर्जा मन्त्रीले जाजरकोट मंसिर १७ गते भ्रमण गरेर थप योजना र गुनासो सम्वोधन गर्ने बताएका छन् ।





error: Content is protected !!