चिसो विदामा पढाई कुना सक्रिय

  
हेमन्त केसी

काठमाडौँ  , वर्षेनी चिसोका कारण दुई महिना बन्द हुँने डोल्पाका विद्यालयहरुमा विद्यार्थी भने शैक्षिक क्रियाकलापमा सक्रिय हुँने गरेका छन् । बार्षीक परीक्षा दिएर चैतमा खुल्ने यहाँका विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरु पढाई कुनमा अध्यायन गरेर सक्रिय भएका हुँन् । अहिले तल्लो डोल्पामा वर्षीक परीक्षा सञ्चालन भईरहेको छ ।

परीक्षा सकिन वितिकै विद्यालय बन्द भएपनि विद्यार्थीहरु भने पढाई कुना मार्फत शिक्षा आर्जन गर्न व्यस्त हुँने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका –४ रङ्ग प्रकास आधारुभत विद्यालय कक्षा ३ का छात्र निराजन बुढा अहिले विद्यालय सँगै पढाई कुनामा अभिभावकको निगरानीका साथ पढीरहेका छन् । विद्यालय पढेका कुरा घरमा गएर खाजा खाई पढाई कुनामा गएर दैनिक पढ्ने गर्दछन् । पढाई नुना नहुँदा जथाभावी समय खेर फाल्ने यहाँका विद्यार्थीहरुलाई पढाई कुनाले शैक्षिक सुधारका साथै अनुशाषणमा बस्न पनि सिकाएको छ ।

अघिल्ला वर्षहरुमा गाउँका अन्य व्यक्तिसँग वरालीने छोरा अहिले पढाई कुनामा बसेर वावालाई जनानेको कुरा सोधि पढेको देख्दा असाध्य खुसी भएको नवराज बुढाले बताउनुभयो । “पहिलो विद्यालयबाट घर आउन वितिकै धेरै पटक पढ् भन्दै कर गर्नुपथ्यो अहिले आफै आएर पढ्न थाल्दा खुसी पनि लाग्छ , ।” त्यस्तै सोही विद्यालयकै कक्षा ३ मा पढ्ने अनिता बुढाकी छोरी विद्यायका बुढा समेत विहानै उठ्न वितिकै पढाई कुनामा कापी , किताव लिएर पढ्न व्यस्त हुँने गर्दछिन् । उनी नजानेको कुरा अभिभावक सँग कर गरी ,गरी सोध्ने गर्छीन् । यसरी यहाँका विद्यार्थीको वाँनीको विकास मात्र होईन् , अनुशाषणको विकास पनि भएको शिक्षक रत्नबहादुर बुढाले बताउनुभयो ।


डोल्पामा नेपाल सरकारको लक्ष्य अनुसार कक्षा १ देखि ३ सम्मका वालबालिकाको पढाई सीप सुधारका लागि राष्ट्रिय प्रारम्भिक कक्षा जिल्लाका १०९ वटा विद्यालयहरुमा संचालनमा रहेको छ । तल्लो डोल्पामा पुस र माघ दुई महिना जाँडो विदा हुँने र चैतमा नयाँ शैक्षिक सत्र सुरु हुँने गर्छ । उपल्लो डोल्पामा कात्तिक देखि नै विद्यालय बन्द भएका छन् ।

बालबालिकाको शिक्षाको जग बलियो बनाउन सकेमा मात्र आफ्ना बालबालिकाको भविष्य उज्जवल हुने कुरा अधिकांश अभिभावकहरुको बुझाई सार्थक भएको छ । यस्तो बुझाई इजिआरपी कार्यक्रमले ल्याएको भन्ने ठम्याई छ । कक्षा १, २ र ३ का बालबालिकाको पठन सिप विकास गर्ने उद्देश्यले युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम डोल्पा लगायत १६ जिल्लाका बालबालिकाका लागि समुदाय स्तरमा सञ्चालन गरिएको हो ।


घुम्ति पढाई कुनामा वालवालिकाहरुले विभिन्न किसिमका रमाईला कथा कविता सुन्न पाउने, पढ्न पाउने, पढाई सामग्रीहरु निर्माण गर्न पाउने साथै अभिभावकहरु संग सहकार्य गरेर संगै सगंै पढ्न, लेख्न तथा सृजना गर्न सक्ने भएकाले वालवालिकामा ठुलो हौसला पैदा हुने गर्दछ ।

अभिभावकहरुमा समेत वालवालिकाहरुलाई विदाको समयमा समेत कसरी सिक्ने अवसर पैदा गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान हुने भएकाले पनि यो कार्यक्रम एक महत्वपूण अंग रहेको बताउँछन् । यस कार्यक्रमले वालवालिकाको पठन अभ्यासमा निरन्तरताका लागि अवसर प्रदान गरेको अभिभावकहरु बताउँछन् ।

 

 

 




सम्बन्धित समाचार


error: Content is protected !!