राशन को माग गर्दै लगाएको ताला खुल्यो , जाजरकोटमा अवैद्य रुपमा लिदै गरेको काठ बरामत

डोल्पा , जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले आफ्नै कार्यालयमा लगाएको ताला खुलाएका छन् । कार्यलयमा कार्यरत २३ जना कर्मचारीले ११ महिना सम्मको राशन नपाएपछि राशनको माग गर्दै आफ्नै कार्यालयमा ताला लगाएका थिए ।


जिल्ला प्रशासन कार्यालयले ठेकेदार कर्मचारी सहित उपस्थिति गराएर राशन उपलब्ध गर्न लगाउने बताएपछि प्रशासनको अनुरोधमा लगाईएको ताला खोलिएको कर्मचारीले बताए । भोली दिन भित्र राशन उपलब्ध गराउने सहमति नभए पुन ताला लगाउने कर्मचारीको भनाई छ ।
कार्यालय खुलेको केही समयमै कर्मचारीले ताला लगाएपछि केही समय सेवाप्रवाह ढप्प भएपनि अहि सेवा सुचारू भएको छ ।
राशनको जिम्मा लिएका ठेकेदार र कर्मचारी राखेर प्रशासनमा छलफल गराउने प्रशासनले जनाएको छ । 

यसैबीच जाजरकोटमा अवैद्य रुपमा लिदै गरेको काठ बरामत गरिएको छ ।
डिभिजन वन कार्यालय, जाजरकोट र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले सोमबार राती दुई जना अवैद्य काठ तस्करलाई पक्राउ गरेको छ । बिशेष सुराकीको सहयोगमा डिभिजन वन कार्यालय र नेपाल प्रहरीको संयुक्त गस्ति टोलीले शिवालय गाउँपालिका–९ बालुवाबाट दुईजना अवैद्य काठ तस्करलाई पक्राउ गरेको हो ।

४३ थान सालको चिरान काठ सहित शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतरा र गोपाल वुढालाई भिडिजन वन कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार राती १ बजे बालुवाबाट पक्राउ गरेको डिभिजन वन कार्यालयका निमिक्त प्रमुख महेश कुमाईले जानकारी दिए । घर बनाउने प्रयोजनका लागि नाहाडा सामुदायिक वनबाट सालको काठ चोरी गरि ओसारपसार गरिरहेका महतरा र वुढालाई डिभिजन वन कार्यालय र छेडाचौर अस्थायी प्रहरी पोष्टबाट खटिएर गएको संयुक्त गस्ति टोलीले पक्राउ गरेको डिभिजन वन निमित्त प्रमुख कमाईले बताए ।

४७.६२ क्युफिट अबैद्य सालको काठ सहित पक्राउ परेका महतरा र वुढालाई वन ऐन–२०७६ को दफा ४९ मा उल्लेख गरिएको कसुर बमोजिम वन मुद्धा लगाउनुको साथै सोही वन ऐनको दफा ५० ले गरेको व्यवस्था अनुसार सजाय गरिने डिभिजन वन निमित्त प्रमुख कुमाईको भनाई रहेको छ । पक्राउ परेका महतरा र वुढालाई हाल प्रहरी हिरासतमा राखेर आबश्यक अनुसन्धान भईरहेको डिभिजन वन निमित्त प्रमुख कुमाईले बताए ।





error: Content is protected !!