१६ वर्ष सम्म शिक्षण गरेका प्र अ बुढालाइ बिदाइ

इन्द्र बुढाथोकी सल्यान । श्री अमर प्राथमिक बिध्यालयमा बनगाड कुपिण्डे नगरपालिका वडा न ४ काफलपानीका १६ वर्षमा शिक्षण पेशामा अध्यापनरत शिक्षक तथा स्कुलका प्राध्यापक झलक बहादुर बुढालाई विदाइ गरेका छन ।
२०६० साल देखि २ वर्ष निजि हुँदै २०६२ सालमा राहत दरबन्दी हुदै १४ वर्ष सम्म शिक्षण पेशा रहेका बुढालाई शनिबार एक कार्यक्रमका बीच अभिभावकहरुले बिदाइ गरेका छन । १६ वर्ष सम्म शिक्षिक तथा प्र अ रहेर काम गरेका शिक्षक बुढाले सल्यान जिल्लाबाट १ नम्बरमा प्राथमिक तहको स्थायी पदमा नाम निकालि अनेत्र बिध्यालयमा पोस्टिङ् हुने भए पछि अभिभावकले बिदाइ गरेका हुन ।
बिदाइ कार्यक्रममा अभिभावकले आफुहरुले यस्तो मेहेनती, लगनशील, इमानदारी,पेशाप्रती जिम्मेवार शिक्षक अब नपाउने बताएका छन । मेहनती शिक्षकका कारण आफ्ना छोराछोरीले सधै अन्य ठाउँमा गएर राम्रो स्थान हासिल गर्दा सधै सरलाइ सम्झिने गरेको अभिभावकहरुले बताएका छन । बिदाइ कार्यक्रम अभिभावक भाबुक हुँदै शिक्षक बुढाले आफ्न छोराछोरीहरुलाइ दिएको शिक्षा कहिले नबिर्सने समेत बताएका छन ।
बिदाइ हुने शिक्षक झलक बहादुर बुढाले आफू अब अन्य बिध्यालयमा गए पनि यस ठाउलाइ सधै सम्झीरहने बताएका छन् ।कार्यक्रम बिध्यालय व्यवस्थापन समिति, अभिभावक संघ, जनप्रतिनिधि,स्थानीय बुद्धिजीवी समाजसेवी, अभिभावकले विद्यार्थी लगाएतले बिदाइ गरेका थिए ।








