गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

जाजरकोट , वुधबार देखि सुत्केरी वेथा लागेपनि सुत्केरी हुँन नसक्दा डोल्पा शे–फोक्सुण्डो गाँउपालिका ८ की २१ बर्षीया छिरीङपूटी गूरुङको नेपाली सेनाको हेलिकप्टरमा  उद्धार गरिएको छ । फोक्सुण्डो तालको छेउबाटै उहाँको उद्धार गरेको हो ।
बुधबार नै प्रसुति ब्यथाले थलिएको गूरुङको उद्धारको लागि हेलिकप्टरको पहल भए पनि मौसम समस्याको कारण उद्धार नभएकोले शुक्रबार साँझ उद्धार भएको स्थानीय आङबहादुर लामाले जानाकारी दिनुभयो । महिला तथा बालबालिका मन्त्रालय मार्फत राष्टपति उद्धार कोषबाट उनको उद्धार गरिएकोप्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।
गर्भवती गूरुङको नेपाली सेनाको हेलिकप्टरबाट सिधै काठामाडौं लगिएको र आमाको शल्यक्रिया गरेपछी बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रशुति गृहले जानकारी दिएको छ ।
स्वास्थ्य चौकी पनि नजिकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कम्जोर रहेकोले डोल्पामा प्रशुति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि उहाँको उद्धार गरेर काठमाण्डौ लगिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!