सल्यानमा भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन

 सल्यान,सल्यानमा युवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका छन्। भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा सल्यानका युवाले मोदीको पुतला दहन गरेका हुन्। युवाले विरोध र्‍याली निकालेर सल्लीबजार, देवस्थल बजारको परिक्रममा गरी बसपार्कमा पुगी भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाएका छन्।

भारतीय विस्तारबाद मुर्दावाद, सरकारको मौनता मुर्दावाद, लिपुलेक फिर्ता गर, राष्ट्र प्रेमी नागरिक एक हौं, सुगौली सन्धि खारेज गर, गो व्याक इन्डिया लगायतका नारा लगाएका थिए। भारतले अतिक्रमण गरेका नेपालका भूमि फिर्ता गर्न तत्काल कूटनीतिक पहल गर्न सरकारसँग पनि युवाले खबरदारी गरेका छन्। नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको युवा सन्देश यरीले बताए। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै गो व्याक इन्डिया जस्ता भारत विरोधी चर्का नाराबाजी गरेका थिए। भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक लगायतका भूमि समावेश गरेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!