आम्चे नै उपल्लो डोल्पाका भगवान

हेमन्त केसी 
हेमन्त केसी
काठमाण्डौँ (रासस) भौगलिक विकटता सँगै बिभिन्न समस्यबाट गाजिएको उपल्लो डोल्पाका स्थानीयवासीहरु आम्चेको (लामाको औषधी) भरमा उपचार गर्न बाध्य छन् ।
वर्षमा एक पटक मात्र औषधी उपल्लो डोल्पामा लिने गरेको स्थानीयवासीले बताएका छन् । उपल्लो डोल्पामा बसोवार गर्ने आम्चे (गुम्वाका लामा)ले जङ्गलबाट ल्याएको जडिवुटीलाई औषधी बनाएर प्रयोग गरी स्थानीयवासीको उपचार गदै आएका छन् ।
भुगोलका हिसावले नेपालकै ठुलो जिल्ला भएतापनि सेवा र सुविधाका हिसावले यहाँको जनजीवन निकै कष्टकर रहेको छ । उपल्लो डोल्पामा रहेका स्वास्थ्य संस्थाहरु पायक पर्ने ठाउँमा नहुँदा गुम्वामा रहेका ( आम्चे) ले बनाएको औषधीको भरमा यहााका विरामीको उपचार हुँदै आएको स्थानीयवासीको गुनासो छ ।
उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिका,छार्काताङसोङ गाउँपालिका र शे फोक्सुण्डो गाउँपालिकामा अत्यधिक चिसो हुँनुका साथै विकेन्द्रीकरण बसाईका कारण सवैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन नसकेको स्थानीय सरकारले बताउदै आएका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका – ५ र ६ का वडाहरुमा वार्षिक एक पटक मात्र औषधी पुग्ने गरेको सिमेन्टकी स्थानीयवासी डयाङा लामाले जानकारी दुखेको पोख्नुभयो ।
लामाले भन्नुभयो , “ गाउँपालिकाको १ नम्वर धोमा स्वास्थ्य चौकी छ , सिमेन्ट र तिन्जेमा स्वास्थ्य संस्था छैन् , सामान्य टाउको , रुघाखोकी लाग्दा पनि औषधी नहुँदा स्थानीयहरु आम्चे सम्म पुगेर उपचार गर्छन् , ।” नजिक स्वास्थ्य संस्था नहुँनु र दैनिक लामा ( आप्चे) हुँने ठाउँमा गएर उपचार गराउन यहाँका स्थानीयवासीहरु आप्चेलाई भगवान सहर मान्दै आएको उहाँको भनाई छ ।
हामीलाई स्वास्थ्य सेवा मात्र होईन , हरेक कुराले दैनिक पिरोलेको डोल्पोबुद्ध गाउँपालिका १ का वडा अध्यक्ष ग्याल्बो थापा भोटेले बताउनुभयो । यहाँले भन्नुभयो ,“ शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी लगाएतका हर कुराहरुको समस्याले गुज्रिएकोे छ , अहिले सम्म पनि विभिन्न गाउँबस्तिहरुमा स्वास्थ्य सेवा पुर्णरुपमा हुँन सकेको छैन् । ” यहाँले थप्नुभयो , “ धो स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैन्न , स्वास्थ्यकर्मी समायोज भएर बाहिर गएपछि समस्य भएको हो । ” स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँनु र औषधी समेत नहुँदा आप्चेको भर पर्नुपर्ने बाध्यता उपल्लो डोल्पाबासीका लागि बाध्यता हो । सिसोलका लामा ( आप्चले भन्नुभयो , “ विरामी हुँन वितिकै गाउँलेहरु विरामी ल्याएर आउँछन् , जानेको र वुझेको औषधि गरेर पठाउँछौँ । ” अहिले उपल्लो डोल्पामा चिसो बढेर हिमपात सुरु हुँन थालेकोले ७ ठाउँका प्रहरी चौकी सदरमुकाम दुनै सारिएका छन् भने , विद्यालय समेत बन्द भएका छन् ।
अव तातो मौसम सुरु नभए सम्मका लागि यहाँ कुनै पनि गतिविधी नहुँने देखिन्छ । तल्लो डोल्पाबाट आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पाका स्थानीयवासीहरु कही त्यहाँ बसेका छन् भने कोही जाजरकोट , नेपालगन्ज , काठमाण्डौँ र सुर्खेत आईसकेको काईके गाउँपालिका ७ का अध्यक्ष रामचन्द्र रोकायले बताउनुभयो ।
स्थानीय तहहरु समेत सदरमुकाम दुनैबाट सञ्चालन गर्ने तयारी रहेको छ । अधिकांश जनप्रतिनिधीहरु उपल्लो डोल्पा समेत छोडिसकेका छन् । गाउँमा कुर्नका लागि केही स्थानीयवासीहरु बसेको बताएको छ । घरको मुलधोकामा ताला लगाएर उपल्लो डोल्पाका स्थानीय वेसी झरिसकेको बताएको छ । तातो मौसम नहुँन्जेल सम्म उहाँ हुँने बिविध गतिविधी कम हुँने गर्दछन् ।
हेमन्त केसी








