नगर स्तरीय मानव अधिकार समुह गठन

इन्द्र बुढाथोकी सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा परियोजना तथा मानव अधिकार समूह गठन सम्बन्धि कार्यक्रम बनगाड कुपिण्डे नगरपालिकामा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) सल्यानको आयोजनामा कार्यक्रम भएको थियो । स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि परिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायकोआर्थिक , समाजिक र सास्कृतिक अधिकारको संरक्षण, बिशेष गरि शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार सङ्ग सम्बन्धि सरकारी प्राबधानहरुमा पहुँचको वृद्धि र स्थानीय सरकार , स्थानीय सन्जाल तथा निर्णायक प्रतिक्रियाहरुमा सक्रिय सहभागीतामा अभिवृद्धि गर्ने उदेश्यका साथ यसको स्थापन भएको जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिनु भएको छ ।
२ जना पछि थप्ने गरि तिलक नेपालीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । जसमा सदस्यहरु, इन्द्र बुढाथोकी, दिलमाया घर्ती,आनन्द बस्नेत, निमराज बादी, गिता पुन, सर्मिला योगि, मिनराज डिसि, प्रशान्त रावत, बिमला गन्धर्व, रिज्मा राना, अमृती पुन, र सदस्य सचीव दुर्गा बि सि रहेका छन ।

कार्यक्रम सहजीकरण औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यान सहजकर्ता रामचन्द्ररेग्मीले गरेका कार्यक्रमको अध्यक्षता बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको थियो भने , कार्यक्रममा नगर उप प्रमुख मन्जु यरि, प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, वडा अध्यक्ष, कार्यापालिका सदस्य, विषय गत शाखा प्रमुख, कर्मचारी, राजनीति दल, शिक्षक, विद्यार्थी, स्थानीय लगाएको सहभागिता रहेको कार्यक्रमको सन्चालन पत्रकार दुर्गा विसिले गर्नु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!