गर्भवतीको उद्धार

जाजरकोट ,  यहाँको छेडागाड नगरपालिका ९ बाट एक गर्भवतीको उद्धार गरिएको छ । कात्तिक २५ गते सुत्केरी हुँने मिति चिकित्सकले दिएको  भएपनि वुधबार सम्म सुत्केरी हुँन नसकेपछि ४७ बर्षीय पाना कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लिईएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा र छेगाड नगरपालिकाको समन्वयमा कामीको उद्धार गरिएको डिएस्पी श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्य संस्थामा उपचार  हुँन नसक्दा तीन दिन पछि उहाँको उद्धार गरिएको छ । बीरेन्द्रनगर स्थित प्रदेश अस्पतालमा लिईएको छ । कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीको पहलमा उद्धार गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!