वडाअध्यक्ष पदका लागी पाँच जनाको उम्मेदवारी

इन्द्र बुढाथोकीे
सल्यान ः सल्यानमा रिक्त रहेको वडाअध्यक्ष पदका लागी पाँच जनाको उम्मेदवारी परेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागीे कुमाख गाउँपालिका ५ मा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाअध्यक्ष पदको उम्मेदवारी दिनका लागी बिहान १० बजे देखी दिउसोँ १ बजे सम्मको समयसिमा तोकिएको थियो ।
जसमा पार्टीबाट तीन जना र स्वतन्त्रबाट दुई जना गरेर पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस कुल प्रसाद पाण्डे जानकारी दिए । उनका अनुसार सत्तारुढ नेपाल कम्यूनिष्ट पाटी ९नेकपा० बाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसबाट खड्ग बहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दर्ता गराउनुभएको छ् ।
यस्तै स्वतन्त्रबाट चित्र प्रकाश गिरी र दलबिर बस्नेतले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रागेचौरले जनाएको छ । कार्यालयका अनुसार शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सम्पन्न भएको छ । कुमाख गाउपालिका ५ का वडाअध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितीको उपप्रमुख भएपछि वडाअध्यक्ष पदरिक्त रहेको थियो ।





error: Content is protected !!