सौराहामा ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु, ७२ देशका साढे ५ सय रेन्जर सहभागी, प्रचण्डद्धारा उद्धघाटन

चितवन ः चितवनको सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ । रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताए । उनले संरक्षणमा अझै नेपालमा धेरै चुनौती हरेको भन्दै त्यस्तोको छिटै नयाँ रणनितिसहित सरकार अगाडी बढ्ने बताए ।

सम्मेलनमा वन मन्त्री शक्ति बस्नेतले संरक्षणमा नेपालले शुनय चोरी शिकारी बर्ष मनाए विश्वलाई उदाहरण पेश गर्न रेजन्र, स्थानिय र सुरक्षा निकायको भूमिका ठुलो भएको बताए ।

पनि सहभागी छन् । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर भेला हुँदैछन्। सम्मेलनमा सहभागी ७२ देशमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाबाट १०० जना र अमेरिकाबाट ६० जना सहभागी भएका छन् ।

सम्मेलन आयोजक समितिका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सह–सचिव महेश्वर ढकालका अनुसार नेपालले वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदान विश्वसामु प्रस्तुत गर्न यो सम्मेलन एउटा महत्वपूर्ण अवसर त हो नै साथसाथै कार्यक्रमबाट भ्रमण वर्ष–२०२० को पनि प्रशस्त प्रचार–प्रसार हुनेछ।

न्टरनेसनल रेन्जर फेडेरेसन (आईआरएफ) र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा हुने उक्त सम्मेलन एसियामा पहिलो पटक हो । सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धिका साथै वन्यजन्तु पर्यटनमा पु¥याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो । एकसिंगे गैंडा, बाघ, हात्तीलगायतका वन्यजन्तु चितवनका मुख्य आकर्षण हुन् । विश्व वन्यजन्तु कोष नेपालका वरिष्ठ व्यवस्थापक माधव खड्काले आईआरएफले वन्यजन्तु संरक्षणका सिकाइ, अनुभव साटासाट गर्न र मानव–वन्यजन्तु हितका बारेमा छलफल गर्ने उद्देश्यले हरेकतीन वर्षमा सम्मेलन आयोजना गर्ने गरेको बताए ।

चितवनमा भएको यस प्रकारको कार्यक्रमले नेपालले गरेको संरक्षणसम्बन्धी कामलाई विश्वभर पु¥याउन सहयोग पुग्ने खड्काको भनाइ छ ।
रेन्जरका हित, स्थानीय समुदाय र रेन्जर, इन्डिजिनियस रेन्जर, क्षमता अभिवृद्धि, महिला रेन्जर, प्रविधि र रेन्जर एसोसिएसनको भूमिकालगायत विषयमा छलफल हुनेछ । सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन् । सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ ।

सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ। सम्मेलन ३० कात्तिकसम्म चल्नेछ ।





error: Content is protected !!