विद्यार्थी पढाउदै नगरप्रमुख घर्ती

हेमन्त केसी
जाजरकोट , भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमुना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकास घर्ती आफै विद्यार्थी पढाउदै आएका छन् ।

विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेदैन्न , विद्यार्थीको सिकाई उपलव्धि बुझन विद्यार्थी पढाउने काम समेत गदै आएका छन् ।

भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाई उपलव्धि समेत जाँच गर्न कक्षाकोठामा आफै पढाएको बताउनुभयो ।


विज्ञान र गणीतमा राम्रो ज्ञान भएका र अन्तराष्टिय स्तरको खेलकुदमा छवि बनाएका नगरप्रमुख मावि तहको कक्षा फुर्सद हुँन वितिकै लिने गरेको बताएका छन् । शिक्षामा लगानी गरेर मात्र नहुँने भन्दै घर्तीले भन्नुभयो , “ निरन्तर खवरदारी, अनुगमण र शिक्षण सिकाई क्रियाकलाप कस्तो छ भनि अध्ययान गर्नुपनि मुख्य कुरा हो । ”

शिक्षण सिकाई र विद्यालयको अवस्था सुर्धान सवै प्रधानाध्यापक वोलाएर भेला गरेका नगरप्रमुखले भने अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताउनुभयो । शिक्षालाई प्राविधि सँग जोडेर हामीले शिक्षालाई परिणाम मुखी बनाउनुपर्ने उहाँको भनाई छ । जिल्लाको मुटुमा रहेको भेरी नगरपालिका सवैको केन्द्रमा पर्दछ । सदरमुकाम समेत रहेको भेरी नगरपालिका जिल्लाको जेठो नगर पनि हो ।

अनुगमण र शिक्षण गर्दै नगरप्रमुख घर्तीले भन्नुभयो , “ हामीले विद्यालयको समस्य विद्यार्थीको मुखबाट सुन्ने हो , कहाँ के समस्य छ भन्ने कुरा अनि पो सुधार गर्न सजिलो हुन्छ , को शिक्षक कति दिन विद्यालय आउनुभयो , को आउनुभएन र कति पढाईभयो किताव नहेरी कहाँ थाहा हुन्छ । ”

विद्यालय , विद्यालयका साथै कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षकहरु पनि आफ्नो शिक्षण कार्य सुधार गर्नुपर्ने भन्दै सक्रिया भएको विद्यार्थीले बताएका छन् । आजभोली विद्यालयमा शिक्षकहरु निरन्तर पढाउनका साथै विद्यार्थीसँग छलफल समेत बढी नै गर्दै आएको सरस्वती मावि काफलचौरका विद्यार्थी रोशन पुनले बताउनुभयो ।





error: Content is protected !!