गुमायो जाजरकोटले पहिलो आर्ट वाग्लेलाई

image

जिल्लामा पञ्चायत कालमा सरकारी कार्यालय स्थापना हुदा साइन वोर्ड लेख्ने मान्छे नभएर नेपालगंज अथाव् । सल्यान बाट ल्याएर लेखाउनु पर्ने वाध्यता थियो । त्येस वेलाको समयमा शुरुमा पुलिस चौकीको संकेत झल्किेन साइन वोर्ड लेख्नु पर्ने भयो जिल्लामा कोही पनि थिएनन् ।

अक्षर तल माथी परे पछि चौकीको हाकिकले समेत पिट्ने डर हुन्थ्यो । त्यतिवेला घर नजिकै भएको र आफ्ना पिता शालिकराम वाग्ले शिक्षक भएकोले घरमै आउने जाने गरेकोले अलि हिमचिम भएकोले पनि नरनाथ वाग्लेले साइनवोर्ड टिनको वाकसको माथिल्लो भागलाई राम्रो संग इनामेल पोतेर केतुकीको व्रस वनाएर वासको कलमले छाया दिई अक्षर लेखे पछि जाजरकोटमा साइनवोर्ड लेखनले चर्चा पाएको इतिहास छ ।

वाँस र निगालोको कलमले राम्रो अक्षर लेख्ने वाग्ले आफ्ना पिता शिक्षक भएको र वुवालाई कहिले काँही विद्यालयमा पढाउँदा चाहिने वुवाको आदेश अनुशारका शैक्षिक सामाग्री तयार पार्दा लेख्नु पर्ने अक्षर लेखेर चर्चा वटुलेका नरनाथ पछि विस्तारै आफ्नो साइड पेशाका रुपमा केहि समय जिल्लाका सरकारी र पसलका वोर्ड लेख्न अग्रसर रहनु भएको थियो ।

करिव जिवनका १ दशक भन्दा वढी जाजरकोट रुकुम सल्यान क्षेत्रमा आर्ट क्षेत्रमा क्रियाशिल भएको वुवाका सहपाठी तत्कालिन जिल्ला विकास समितिका नायब सुव्वा नरेन्द्र प्रसाद शर्माले वताउनुभयो । वहापछि मदन नाम गरेका हल्काराले पनि आर्ट क्षेत्रमा केहि समय जाजरकोटमा सेवा गरेको इतिहास छ पछि प्युठान सरुवा भएर गए पछि नेत्र आर्ट , जितेन्द्र आर्ट , राजु आर्टहरुले आर्ट लेखनलाई अगाडि वढाएका थिए पछिल्लो समय रुकुमका विक्रम आर्ट , देवी आर्ट , ओम पेन्टरले पनि जाजरकोटमा आर्ट व्यवशाय गरेका थिए अहिले भने मुनलाइट आर्टले आर्ट सम्वन्धि काम गर्दे आएका छन्

नर नाथ वाग्ले पछिल्लो सयम जिल्ला विकास समितिको सह लेखापालको ३२ वर्ष एउटै पदमा जार्गिे जिवन छोडेर सामाजिक क्षेत्रमा क्रियाशिल हुनु हुन्थ्यो । एकै पदमा लामो समय जागरि गर्ने सम्भवत जाजरकोटको इतिहासमा वहा विशेष व्यक्तित्व हुनुहुन्थ्यो । केहि समय अघि देखि वहा क्यान्सर रोगसंग लडिरहनु भएको थियो ।

लामो समयको उपचार पछि पनि उपचार सम्भव नभए पछि वहा २०७६ भाद्र ६ गते देखि थला पर्नु भए पछि कोहलपुर १० बाके स्थित आर सी टोलमा रहेको कान्छा छोरा पारस वाग्लेको घरमा वस्दै आउनु भएको थियो । वाग्लेका एक श्रीमति दुई छोरा र दुई छोरी हुनु हुन्छ भने वहका दाई जाजरकोटका पूर्व सहायक मन्त्री झलक नाथ वाग्ले काठमाण्डौमा वस्दै आउनु भएको छ ।
वाग्ले आर्टको निधनले जाजरकोटले आर्ट क्षेत्रको अभिभावक गुमाएको मुनलाइट आर्टका प्रोपराइटर मोहन खड्काले वताउनुभयो ।

सोमवार वेलुका १० वजे देहवसान भएका वाग्लेको मंगलवार विहान १० वजे बाकेको राप्ती नदिमा अन्त्येष्टिका लागि कोहलपुर स्थित आरसी टोल देखि अगैया राप्ती सम्म शव यात्रा गरिने वहाका छोरा पारस वाग्लेले जानकारी दिनु्भयो ।

साथै बाकेमा रहेका सबै जाजरकोटी आफन्त , इस्ट मित्र साथी भाई सवैमा उपस्थित हुन पनि आग्रह गर्नुभएको छ ।





error: Content is protected !!