विरामी लामाको हेलिकोप्टरबाट उद्धार

डोल्पा , बिरामी भएर समस्यमा परेका नागरिकको हेलिकोप्टरबाट आज उद्धार गरिएको छ ।
माथिल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ५ का ८० बर्षिय तुनदुुप लामालाई हेलिकोप्टरद्धारा उद्धार गरी काठमान्डौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएस्पी नारायण रन्जितकारले जानकारी दिनुभयो ।
ढाडको समस्यमा बाट पीडित लामा हप्ता दिन देखि विरामी भएर समस्यामा परेपछि हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो । व्यक्तिगत खर्चमा हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।







