समुहको सक्रियतामा सडक वत्ती जडान

जाजरकोट , भेरी नगरपालिका ३ थाप्ले स्थित सडकमा रहेका विद्युतको पोलमा वत्ती जडान गरिएको छ ।
सामुदायिक सुशासन सवलिकरणका लागि टोल विकास संस्थाले यहाँको थाप्ले चौरमा सरसफाई गर्नुका साथै वत्ती समेत जडान गरेको हो । वत्ती नहुँदा राती हिडने स्थानीयलाई समस्य हुँदै आएको थियो ।
सो समस्य हल गर्न विकास संस्थाका पदाधिकारीले रकम उठाएर वत्ती जोडेको संस्थाका अध्यक्ष भक्तबहादुर ओलीले बताउनुभयो ।








