सीमा हस्तक्षेप विरुद्ध स्वतन्त्र दलित विद्यार्थी संगठनको मशाल जुलुस


जाजरकोट । भारतले भर्खरै सार्वजनिक गरेको नक्सामा नेपालका केही भुभागहरु मिचेको भन्दै स्वतन्त्र दलित विद्यार्थी संगठनले सुर्खेतमा मशाल जुलुस प्रर्दशन गरेको छ ।
सार्वजनिक गरेको नक्सामा कालापानी,लिपुलेख,लिम्पयाधुरा लगायतका सिमा क्षेत्र आफ्नो नक्सामा गाभेपछि सिमा मिचेको भन्दै सुर्खेतको मंगलगढी चोक देखि वीरेन्द्रचोक सम्म जुलुस प्रर्दशन गरेको हो ।
नेपालको सिमाना भित्र रहेका उक्त भुभाग भारतको नक्सा भित्र पर्नदिनु हाम्रो पुर्खाको बलिदानी भुल्नु भएको स्वतन्त्र दलित विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष धनबहादुर नेपालीको भनाई छ ।

उनले भने, “देशको रक्षाको लागि एवम् स्वाधीनताको लागि सबै राष्ट्र भक्ति नागरिकहरु सिमा रक्षा गर्न लाग्नुपर्छ ।”, “नेपालका सेना, सशस्त्र प्रहरीलाई सिमानामा पठाउनुपर्ने सिमानमा पर्खाल लगाउनुपर्ने, र यो देशको सिमा बचाउन छातीमा गोली खाएर पनि पुर्खाको बलिदानलाई बचाउन तयार रहेको उनले बताए ।”








