प्राकृतिक स्रोत बचाएर मात्र विकास निर्माण गर्न आग्रह ः मन्त्री बस्नेत

जाजरकोट , लोकतन्त्रमा विपतीलाई स्वीकार गर्न सक्नु सवै भन्दा ठुलो कुरा भएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।
जिल्ला समन्वय समितिले जिल्लाका सातै वटा स्थानीय तहको विकास निर्माणको समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकास सामाजिक न्यायमा आधारितमा भएमा मात्र जनताको माग सम्वोधन हुँने भन्दै मन्त्री बस्नेतले भन्नुभयो , “ अहिले जाजरकोटका स्थानीय तहले गरेको कामले उत्साहित बनाएको छ , स्रोतको अधिकमतम् सदुपयोग गदै आगाडी बढ्यौ ।”
अहिले जलवायू परिवर्तनले गर्दा हिमालका हिउँहरु पग्लिरहेका कारण हामी समस्यमा पुगेको भन्दै उहाँले अव हामीले भएका स्रोतलाई संरक्षण गरी भावी सन्ततीका लागि जोगाउनुपर्ने उहाँको भनाई छ । हाम्रा प्राकृतिक स्रोत ,साधनलाई समुचित गरी भावी सन्ततीका लागि जोगाउनु अहिलेको नयाँ चुनौती भएकाले सवै त्यसमा सचेत बन्नुपर्ने उहाँको भनाई छ । वातावरण जोगाएर विकास गर्नुपर्नेमा जोड दिदै मन्त्रीले भन्नुभयो , “ हामी वरीपरीको वातावरण र प्रप्राकृतिक सम्पदा रहेमात्र हामी रहने हो । ”
संघीयता बलियो बनाउने अभियानका साथ परिणाम निस्किन थालेको पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले बताउनुभयो । मन्त्री पहाडीे भन्नुभयो , “जिल्लाको नयाँ परिचय दिनका लागि भए , गरेका उपलव्धि लाई सकरात्मक रुपमा प्रकाशन गरी जनताको माझमा लिनु पहिलो प्राथमिकता रहेको उहाँको भनाई छ । ” जागिर खाएर राजनीति गर्ने शिक्षक , कर्मचारीको शिक्षाको गुणस्तर विगारेको उहाँको भनाई छ ।
बनाएका तीति तथा कानुनको सही रुपमा प्रयोग गरेमा मात्र नयाँ नेपालको महान कार्य सफल हुँने यहाँको भनाई छ । नकरात्मक कुराले सकरात्मक कुरालाई निश्तेज गर्ने भएकाले हामी सवै सचिक्कै सच्चिएर बदलिनुको विकल्प नभएको उहाँको भनाई छ । विकास योजना दलिय स्वार्थ भन्दा माथी उठेर सामुयिक हितका पक्षमा काम गरेमा मात्र जनतामुखी हुँने उहाँको भनाई छ ।










