संघीय व्यवस्थाको परिणाम आउन थाल्यो ः पुर्व मन्त्री पहाडी

जाजरकोट , संघीय व्यवस्थाको परिणाम निस्किन थालेको पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो ।

मन्त्री पहाडीे भन्नुभयो , “जिल्लाको नयाँ परिचय दिनका लागि भए , गरेका उपलव्धि लाई सकरात्मक रुपमा प्रकाशन गरी जनताको माझमा लिनु पहिलो प्राथमिकता रहेको छ । ” जागिर खाएर राजनीति गर्ने शिक्षक , कर्मचारीको शिक्षाको गुणस्तर विगारेको उहाँको भनाई छ । संघीयताले गाउँ बलियो बनाएको र गाउँ , गाउँ सहर सँग जोडिएको उहाँको भनाई छ ।

बनाएका नीति तथा कानुनको सही रुपमा प्रयोग गरेमा मात्र नयाँ नेपालको महान कार्य सफल हुँने यहाँको भनाई छ । नकरात्मक कुराले सकरात्मक कुरालाई निश्तेज गर्ने भएकाले हामी सवैले सचिक्कै सच्चिएर बदलिनुको विकल्प नभएको उहाँको भनाई छ ।

विकास योजना दलिय स्वार्थ भन्दा माथी उठेर सामुयिक हितका पक्षमा काम गरेमा मात्र जनतामुखी हुँने उहाँको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!