भेरी करिडोरमा स्तरउन्नती यसै आर्थिक वर्षमा सुरु ः मन्त्री बस्नेत

हेमन्त केसी
जाजरकोट ,  भेरी करिडोर अन्तरर्गत रिम्ना – दल्ली सडक खण्डको यसै आर्थिक वर्षमा स्तरउन्नतीको काम हुँने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

जिल्ला समन्वय समितिको समिक्षा वैठकमा मंगलबार बोल्दै उहाँले पुर्वधार निर्माण नै विकासको पहिलो आधार भएकाले जिल्लाका सवै सडकको स्तरउन्नतीको लागि यसै आर्थिक वर्षबाट सुरु हुँने मन्त्री बस्नेतको दावी छ । वातावरणीय प्रभाव म
ल्याकनको काम करिव , करिव सकिएकोले सडकको स्तरउन्नतीको काम सुरु हुँने उहाँको भनाई छ । पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने उहाँको भनाई छ ।

लुम्विनी – रारा सडक खण्ड अन्तरर्गत जाजरकोट खण्डको खलङ्गा –पाँचकाटिया सडक खण्डमा वजेट निर्धारण गरि काम गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । जिल्लाका अधिकांश ठाउँमा कच्ची सडक खन्ने काम भईरहेकाले कम्तिमा पहिलो चरणमा सवै स्थानीय तहमा सडक पिच गर्ने काम हुँने उहाँको भनाइ छ । सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माण पछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तुहरु वजार सम्म पुग्ने भन्दै उहाँले अर्थ उर्पाजनको मुल आधार त्यहीबाट सुरु हुँने उहाँको भनाई छ ।

निर्माण गर्ने सडकको प्राथमिकता राखेर काम गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । जाजरकोट आएको वजेट खर्च गर्न नसक्दा समस्य भएको यर्थाथ बताउदै उहाँले नागरिक सचेत भएर खवरदारी लागि आग्रह समेत गर्नुभयो ।

जनताको मनोवल नपढाईकन जिल्लाको प्रतिष्ठा नवढ्ने मन्त्री बस्नेतको भनाइ छ । जिल्लाका ३ ठाउँमा विद्युत प्रशारणका लागि सव स्टेशन निर्माण गर्न लागिएको उहाँको भनाई छ ।





error: Content is protected !!